Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
२० माघ २०८२, मंगलवार
२० माघ २०८२, मंगलवार

हुलाकी सडकः निर्माण ढुलासुस्तीले म्याद थप अलमल


१९ भदौ, कञ्चनपुर । कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक आयोजनाको दुई खण्डको निर्माण अलपत्र छ ।पाचौँ पटक थपिएको म्याद गत असार मसान्तमा सकिएपछि हुलाकी राजमार्ग योजना कार्यालय धनगढीले छैटौँपटक म्याद थपेको छैन ।

म्याद थपका लागि निर्माण व्यवसायीले प्रक्रिया अघि बढाएको भए पनि निर्माण गर्ने छाँट नदेखाएकाले पनि म्याद थपको विषय अन्योलमा परेको छ । हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इन्जिनियर दीपक सुनारले निर्माण व्यवसायीले काम थाल्ने अवस्थामा मात्रै म्याद थप हुनसक्ने सङ्केत गरे ।

“काम नगर्ने र म्यादमात्रै थप्ने वातावरण देखिए ठेक्का तोड्ने स्थिति छ”, उनले भने, “निर्माण व्यवसायीको काममा म्याद थपको निक्र्यौल लाग्छ ।” पुर्नबास नगरपालिकाको डोकेबजारबाट बेदकोट नगरपालिकाको दैजीचोकसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि विसं २०७३ फागुनमा काम सम्झौता भएको थियो ।

तीस महिनामा सक्ने गरी तीनवटा प्याकेजमा सम्झौता भए पनि पाँचौँपटकको म्यादमा रहेर पहिलो प्याकेज (डोकेबजार–बेलौरी) खण्डमात्रै सकिएको हुलाकी राजमार्ग योजना कार्यालयको भनाइ छ । यहाँ बेलौरीबाट बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा साढे नौ किलोमिटर सडकमात्रै कालोपत्र भएको छ ।

उक्त कामको जिम्मा ४१ करोड ४१ लाखमा बाबा हंस–सिद्धीसाई जेभीले पाए पनि अझै ५० प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ । उक्त निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायी योजना कार्यालयको सम्र्पकमा समेत नरहेको बुझिएको छ । सो प्याकेजको पहुँच क्षेत्रमा भारतीय सुरक्षा निकायले सडक भारतमा पर्ने दाबीसहित केही भागमा कालोपत्र गर्न अवरोध छ ।

त्यसैगरी हुलाकी सडकको अन्तिम प्याकेज (बेल्डाडी–दैजी) २४ किलोमिटरमध्ये साढे आठ किलोमिटर सडकमात्रै कालोपत्र भएको इन्जिनियर सुनारले बताए । “उक्त अन्तिम प्याकेजको म्याद थप अन्योल भएकाले निर्माण व्यवसायीले काम गरेको ६५ लाख रकम दिन पनि बाँकी छ”, उनले भने, “दोस्रो प्याकेजको काम यही निर्माण व्यवसायीले गर्नेमा आशङ्का देखियो ।”

लामो समय बितिसक्दा पनि निर्माण व्यवसायीले सम्झौताअनुसार निर्धारित समयभित्र काम सक्ने भए पनि बेवास्ता गरेको देखिएको छ । “अब ढिलोमा छ–सात महिनामा सकिने काममात्रै बाँकी छ”, उनले भने, “तर काम गर्ने माहोल नदेखाएकाले समस्या भएको हो ।”

त्यसैगरी कैलालीमा ७३ विभिन्न खण्डमा निर्माण भइरहेको छ । “कैलालीमा हुलाकी सडकका सबै प्याकेजको म्याद रहेकाले काम भइरहेको छ”, इन्जिनियर सुनारले भने, “तर यस वर्ष बजेट कम विनियोजन भएकाले योजनाका लागि आर्थिक अभाव हुनसक्छ ।” हुलाकी सडक निर्माणमा कैलाली र कञ्चनपुरमा अर्बौँ रकम खर्चिएको छ ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?