Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

धानबालीमा राखिएको विद्युतीय धरापमा परी महिलाको मृत्यु, तस्करीको सामान पनि भेटियो


१९ भदाै, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–३ मा विद्युतीय धरापमा परेर गए राति एक महिलाको मृत्यु भएको छ ।

वन्यजन्तुबाट धान बाली जोगाउनका लागि खेतको आलीमा छोडिएको विद्युतीय धरापमा परेर सोही ठाउँकी अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार घटना राति ११ बजे घटेको थियो ।

महिलाको मृत्यु भएपछि खेतमा विद्युतीय धराप राख्ने स्थानीय जङ्गलिया चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । घटनास्थलबाट भारतबाट तस्करी गरी ल्याइएको केही सामान बरामद गरिएको छ । महिला राति खेतमा किन गएको भन्ने विषयमा परिवारसँग सोधपुछसहित अनुसन्धान गर्ने कार्य गरिरहेको प्रहरीले जनाएको छ । साथै, बरामद तस्करीको सामान कसले ल्याएको भन्ने विषयमा पनि अनुसन्धान भइरहेको बस्यालले बताए ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?