Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

धानबालीमा राखिएको विद्युतीय धरापमा परी महिलाको मृत्यु, तस्करीको सामान पनि भेटियो


१९ भदाै, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–३ मा विद्युतीय धरापमा परेर गए राति एक महिलाको मृत्यु भएको छ ।

वन्यजन्तुबाट धान बाली जोगाउनका लागि खेतको आलीमा छोडिएको विद्युतीय धरापमा परेर सोही ठाउँकी अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार घटना राति ११ बजे घटेको थियो ।

महिलाको मृत्यु भएपछि खेतमा विद्युतीय धराप राख्ने स्थानीय जङ्गलिया चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । घटनास्थलबाट भारतबाट तस्करी गरी ल्याइएको केही सामान बरामद गरिएको छ । महिला राति खेतमा किन गएको भन्ने विषयमा परिवारसँग सोधपुछसहित अनुसन्धान गर्ने कार्य गरिरहेको प्रहरीले जनाएको छ । साथै, बरामद तस्करीको सामान कसले ल्याएको भन्ने विषयमा पनि अनुसन्धान भइरहेको बस्यालले बताए ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?