Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

हेलो सरकारको गुनासो प्रधानमन्त्रीको निर्देशनपछि २४ घण्टाभित्रै सम्बोधन, यस्तो छ २४ घण्टे सुरुवात पश्चातको परिदृश्य


भाद्र १९, काठमाडौँ। आइतबार दिउँसो सिंहदरबारमा हेलो सरकार २४ सै घण्टा (३ सिफ्ट) सञ्चालन गर्ने कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखा जिल्लाको बिगु गाउँपालिकाको वडा नं.–४ सिंगटीमा मानव बस्तीभन्दा माथि रहेको ठूलो ढुंगोका कारण ३२ घरधुरी जोखिममा परेको जनगुनासो सुन्दै उक्त गुनासो सम्बोधनका लागि रक्षा सचिव किरणराज पौडेललाई निर्देशन दिनुभएको थियो।

प्रधानमन्त्रीको निर्देशनपछि आइतबार बेलुका नै नेपाली सेनाको टोली सिंगटीमा पुगेर सोमबार बिहानैदेखि कार्यप्रारम्भ गरेको रक्षासचिव पौडेलले जानकारी दिनुभयो।

पौडेलका अनुसार बस्तीमाथि रहेको ढुंगो बिस्फोट गरी हटाउने कार्य सुरू गरिएको र उक्त कार्यक्रम सम्पन्न गर्न एक हप्ता जति समय लाग्नेछ। पौडेलले भन्नुभयो, ‘‘प्रधानमन्त्रीको निर्देशनलगत्तै नेपाली सेनाको टोली सम्बन्धित स्थानमा पुगेर काम सुरू गरिसकेको छ। ढुंगो निकै ठूलो छ, एकैपटक बिस्फोट गर्दा ढुंगाले बस्तीमा असर पर्न सक्छ। त्यसैले बस्तीलाई असर नपर्नेगरि ढुंगो हटाउने कार्य भइरहेको छ।’’

आइतबार हेलो सरकारको २४ सै घण्टा सेवा शुभारम्भ गर्ने कार्यक्रममा दोलखाका सेवाग्राहीले बस्तीमाथि पहिरो आई ठूलो ढुंगो अड्किएर बसेको र सो ढुंगाको कारण ३२ घरधुरी बिस्थापित हुनुका साथै सरकारी संरचनाहरूसमेत जोखिममा रहेको गुनासो टिपाउनुभएको थियो।

हेलो सरकारको २४ घण्टे सुरुवात २०८०।०५।१७ पश्चातको परिदृश्य
• सम्माननीय प्रधानमन्त्रीज्यूले उद्घाटन गरेको विगु गाँउपालिका दोलखाको गुनासो सम्बोधन गरी शुभारम्भ भएको । उक्त कार्य २०८०।०५।१७ बाटै कार्यान्वयनमा आएको।
• २०८०।०५।१८ मा ओखलढुंगा मानेभञ्ज्याङ गाउपालिका ८ की देविमाया दर्जीले टिचिङ अस्पतालमा बेड नपाएको गुनासो गर्नुभएकोमा टिचिङ अस्पतालसँग समन्वय गरी बेडको प्रबन्ध तत्काल गरिएको ।
• फोनमार्फत गुनासो टिपाउने संख्या अधिक रहेको आम नागरिकको चासो र विश्वास बढेको देखिएको छ ।
• गुनासोको प्रकृतिहरु
o ११११ मा फोन उठ्छ कि उठ्दैन भनि चेक गरेको
o नयाँ सुरुवातको लागि शुभकामना दिनका लागी फोन गरेको
o आर्थिक सहायताका लागि,विकास निर्माणको लागि बजेट व्यवस्थापनको लागी अनुरोध गरेको
o अनियमितता, विकास निर्माणको कार्यमा भएको ढिलाई लगायतका विषयमा नागरिकका गुनासो बढ्दो
o सहकारी ठगी, अनलाईन ठगीका विषय दैनिक रुपमा बढ्दो रहेको
o सामान्य सुझाव तथा सोधपुछका विषयहरुका सम्बन्धमा पनि गुनासा आएका छन् त्यसको सम्बोधन तत्काल टेलिफोन मार्फत गरिएको
• (जस्तै: PAN लिन के गर्नुपर्छ? नागरिकताको विवरण कसरी सच्चाउन मिल्छ?)
o फेसबुक,ट्वीटर लगायत सामाजिक सञ्जालमा समेत गुनासोकर्ताले उल्लेख्य गुनासो आएको ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?