Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

एक जना शिक्षकको मृत्यु हुँदा पालिकाका सबै स्कुलमा बिदा


१९ भदाै, गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिका – ४ को सौरपानी सामुदायिक स्मृति विद्यालयका शिक्षक रामकुमार श्रेष्ठको निधनमा पालिका भरका सबै ३९ वटै विद्यालय बन्द गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले सूचना जारी गरी सोमबार पालिका भरिका सबै विद्यालयमा सार्वजनिक बिदा दिइएको थियाे ।

पालिकाका सूचनापछि पालिकाभरिका ३७ वटा सामुदायिक र २ वटा निजी विद्यालय सोमबार बन्द भएको छन् । ‘गाउँपालिकाका अध्यक्षको सल्लाहमा मैले सूचना जारी गरेको हुँ, प्रमुख प्रशासकीय अधिकृत आचार्यले भने ।

यता गाउँ पालिकाका अध्यक्ष विष्णु भट्टाले भने शोक मनाउन विद्यालय बन्द गरिएको जानकारी दिए । एक जना शिक्षकको मृत्युमा सबै विद्यालय बन्द भएको यो पहिलो पटक भएको शिक्षा शाखा कर्मचारी भीमकुमार श्रेष्ठले बताए । यसले आगामी दिनका लागि नजिर पनि हुन सक्ने श्रेष्ठ बताउँछन् ।

विगत ३ वर्ष देखि पेटको समस्याले गर्दा शिक्षक श्रेष्ठको सोमबार बिहान पाटन अस्पतालमा निधन भएको थियो ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?