Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

मिटरब्याजसम्बन्धी ६६ उजुरीमध्ये ३२ फर्छ्योट


१९ भदाै, मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा गैरकानुनी तथा अनुचित लेनदेन अर्थात् (मिटरब्याज)  सम्बन्धी परेको ६६ वटा उजुरीमध्ये हालसम्म ३२ वटा उजुरी मेलमिलापको माध्यमबाट फर्छ्योट गरिएको छ । सो कार्यालयमा हालसम्म आर्थिक लेनदेन तथा जग्गा धितोबन्धक सम्बन्धित ६६ वटा उजुरी परेको  सो कार्यालयले जनाएको छ ।

सरकारले अनुचित लेनदेन (मिटरब्याजी)सम्बन्धी जाँचबुझ आयोग गठन  गर्नुपूर्व  २८ वटा लिखित निवेदनहरु उक्त कार्यालयमा दर्ता भएको थियो  भने आयोग गठनपश्चात् हालसम्म थप ३८ वटा उजुरी दर्ता भएको बताइएको छ । सरकारले  मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोग गठनपश्चात् गत चैत १२ गतेदेखि उजुरी आह्वान गरेको थियो ।

आयोग गठन गर्नुपूर्व दर्ता भएका तथा आयोग गठनपछि दर्ता भएका चारवटा उजुरी गरी कूल  ३२ वटा  उजुरीको छलफलको माध्यमबाट मेलमिलाप गरी समाधान गरिएको  सो कार्यालयका  सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

आयोग गठनपूर्व दर्ता भएका निवेदनमा अधिकतम रु पाँच लाखसम्मको आर्थिक कारोबार भएको उजुरी परेको छ भने आयोग गठनपश्चात् अत्यन्त ठूला तथा जग्गा धितो बन्धक गरी गरिएको कारोबारसम्बन्धीको उजुरी परेको उनको भनाइ  छ ।

मिटरब्याजी समस्याको विषयमा प्राप्त निवेदनमाथि छलफल  र मिलापत्र गराएको भन्दै केही व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई विपक्षी बनाएर उच्च अदालत हेटौँडामा मुद्दासमेत दायर गरेको सो कार्यालयबाट जानकारी  दिइएको छ ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?