Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

अतिक्रमित संरचना हटाइयो


१९ ,भाद्र ,म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर सार्वजनिक जग्गामा बनाइएको अव्यवस्थित संरचना हटाइएको छ ।

सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने अस्पताल चोकमा रहेका अतिक्रमित संरचना हटाएको हो ।

बेनी नगरप्रमुख सुुरत केसीले अस्पतालचोकमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका दुुई पसलको संरचना सोमबार भत्काइएको जानकारी दिए ।

“व्यवसायीले अटेर गरेपछि नगरपालिका आफैँले अस्पताल चोकको सार्वजनिक जग्गामा बनेका दुुई पसलको संरचना हटाएको छ”, उनले भने, “अतिक्रमण हटाएको ठाउँमा सवारीसाधन पार्किङस्थल बनाउँछौँ ।”

सवारीसाधनको चाप बढेको र सार्वजनिक जग्गामा रहेका अव्यवस्थित संरचनाका कारण आवतजावतमा समस्या, दुर्घटनाको जोखिम र बजार व्यवस्थापनमा समस्या भएपछि अतिक्रमण हटाउने कामलाई तीव्रता दिएको नगरप्रमुख केसीले बताए ।

यसअघि जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको कार्यालय अगाडि र कालीपुल बसपार्कको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा, सटर, ट्याङ्की र ठेला हटाइएको थियो ।

कालीपुलको अतिक्रमण हटाइएको ठाउँमा बसपार्क बनाइएको छ । जिल्ला प्रशासन र नगरपालिका कार्यालय अगाडिको सार्वजनिक जग्गामा सघन सहरी तथा भवन डिभिजन कार्यालयमार्फत सडक ढलान र नाली निर्माण गरिएको छ ।

सो ठाउँबाट १५ वटा सटर र ट्याङ्की हटाइएको थियो । ठेलामा फलफूल व्यवसाय गर्नेलाई अन्यत्र स्थानान्तरण गरिएको थियो । नाली र ढलान भएपछि सो क्षेत्रमा धुुलो र हिलोको समस्या हटेको वीरेन्द्रचोक टोल सुधार समितिका पूर्वअध्यक्ष दलप्रसाद श्रेष्ठले बताए ।

सार्वजनिक जग्गामा भाडामा बसेका व्यवसायीसँगको सम्झौताको म्याद सकिएपछि नगरपालिकाले थप गरेको छैन । उनीहरूलाई सार्वजनिक सूचना जारी गरेर संरचना हटाउन आग्रह गरेको छ ।

अन्यत्रको सार्वजनिक जग्गाको अतिक्रमण हटाएर सराहनीय काम गरे पनि नगरपालिका कार्यालय अगाडिको मोटरेबल पुल अतिक्रमण गरेर बनाइएको संरचना हटाउन बेवास्ता गरेको बजारवासीले नगरपालिकासँग गुुनासो गरेका छन् ।

नगरप्रमुख केसीले मोटरेबल पुल असापासको सार्वजनिक जग्गा अतिक्रमण हटाएर बाग्लुुङ, भकिम्ली र बरंजा छुट्ने सवारीसाधनको पार्किङस्थल बनाउने योजना रहेको बताए ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?