Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

बिपी साहित्य पुरस्कार विमल र प्रजातन्त्र सेनानी सम्मान शर्मालाई प्रदान गरिने


१७ ,भाद्र ,काठमाडौँ । जननायक बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बिपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार र बिपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार घोषणा गरेको छ ।

ट्रष्टले बिपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार तथा सम्मानअन्तर्गत साहित्य सम्मान पुुरस्कार–२०८० वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल (जनकपुर) र प्रजातन्त्र सेनानी सम्मान पुरस्कार–२०८० प्रजातन्त्र सेनानी ९२ वर्षीय डिल्लीरमण शर्मा (रूपन्देही) लाई प्रदान गर्ने निर्णय गरेको हो ।

साहित्य सम्मान पुरस्कारको राशि रु एक लाख एक हजार र प्रजातन्त्र सेनानी सम्मानको पुरस्कार रु ५१ हजारको रहेको छ ।

ट्रष्टको पुरस्कार छनोट समितिका संयोजक डा धुव्रचन्द्र गौतमको संयोजकत्वमा ट्रष्टका महासचिव रामचन्द्र पोरखेल र डा ज्ञानु पाण्डेको सिफारिस समितिले उक्त पुरस्कार दिने निर्णय गरेको हो ।

उक्त सम्मान तथा पुरस्कार बिपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा यही भदौ २२ गते राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट प्रदान गरिने ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिए ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?