Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

बिपी साहित्य पुरस्कार विमल र प्रजातन्त्र सेनानी सम्मान शर्मालाई प्रदान गरिने


१७ ,भाद्र ,काठमाडौँ । जननायक बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बिपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार र बिपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार घोषणा गरेको छ ।

ट्रष्टले बिपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार तथा सम्मानअन्तर्गत साहित्य सम्मान पुुरस्कार–२०८० वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल (जनकपुर) र प्रजातन्त्र सेनानी सम्मान पुरस्कार–२०८० प्रजातन्त्र सेनानी ९२ वर्षीय डिल्लीरमण शर्मा (रूपन्देही) लाई प्रदान गर्ने निर्णय गरेको हो ।

साहित्य सम्मान पुरस्कारको राशि रु एक लाख एक हजार र प्रजातन्त्र सेनानी सम्मानको पुरस्कार रु ५१ हजारको रहेको छ ।

ट्रष्टको पुरस्कार छनोट समितिका संयोजक डा धुव्रचन्द्र गौतमको संयोजकत्वमा ट्रष्टका महासचिव रामचन्द्र पोरखेल र डा ज्ञानु पाण्डेको सिफारिस समितिले उक्त पुरस्कार दिने निर्णय गरेको हो ।

उक्त सम्मान तथा पुरस्कार बिपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा यही भदौ २२ गते राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट प्रदान गरिने ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिए ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?