Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

‘एक भगवत् गीता’ को श्रव्यदृश्य सार्वजनिक


१७ ,भाद्र ,काठमाडौँ । नेपाली चलचित्र ‘एक भगवत् गीता’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ ।

सार्वजनिक श्रव्यदृश्यमा अभिनेता विपीन कार्की ‘कमलामाई’ को भूमिकामा छन् । पहिलोपटक यस किसिमको भूमिका निर्वाह गर्दा आफूले उक्त समुदायलाई बुझ्न पाएको अभिनेता कार्कीले बताए ।

“उहाँहरूलाई छायाङ्कनपछि अहिले दृश्य हेरिरहँदा झनै बुझेको महसुस गरे । म भावुक भए किनकि उहाँहरू सङ्घर्षशील हुनुहुन्छ”, अभिनेता कार्कीले भने, “म राम्रै मैथली बोल्छु । त्यही कारण तराईको चरित्रलाई पर्दासम्म ल्याउन कठिनाइ भने भएन । यद्यपि हामीले सबैले सहजै बुझ्ने मैथली नेपाली लवजको प्रयोग गरेका छौँ ।”

अभिनेत्री सुहाना थापाले कलाकार भएपछि मनोरञ्जनसँगै सन्देश प्रवाह गर्ने उद्देशले यो कथामा चलचित्र बनाउन आफ्नो कम्पनीलाई प्रेरित गरेको बताईन् ।

उनले भने, “हामीले हाम्रो मौलिकतालाई अगाडि ल्याएका छौँ । यसले मिथिलाको कता भनेको छ । यद्यपि चलचित्र हेर्ने दर्शकले भरपुर मनोरञ्जन पाउनुहुनेछ ।”

यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई सम्मान, माया र सद्भाव व्यक्त गर्नुपर्ने निर्देशक झरना थापाले बताईन् । उनले भनिन्, “लगातार हामीले निर्माण गरिरहेको चलचित्रमा यो फरक छ । प्रेम कथानक भन्दा बाहिर आएर समाजमा रहेको समस्यालाई उठाउने कोसिस गरेका छौँ ।”

चलचित्रमा धीरज मगर, कविर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा लगायतका कलाकारले अभिनय गरेका छन् ।

सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?