Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सबै देशबाट राजदूत फिर्ता बोलाउन नाइजेरियाको निर्देशन


१७ भदाै, एजेन्सी । पश्चिम अफ्रिकी देश नाइजेरियाले विदेशमा रहेका आफ्ना सबै राजदूतहरूलाई फिर्ता बोलाएको छ । राष्ट्रपति बोला टिनुबुले कूटनीतिक सेवा र गैर–कूटनीतिक सेवाबाट विश्वका विभिन्न मुलुकमा नियुक्त भएका सबै राजदूतलाई शनिबार फिर्ता बोलाउन निर्देशन दिनुभएको हो ।

न्यूयोर्क र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय निकायमा स्थायी प्रतिनिधिका रुपमा खटिएकाहरूलाई भने तत्काल फिर्ता नबोलाउन राष्ट्रपतिले निर्देशन दिएको राष्ट्रपतिका प्रवक्ता अजुरी एनगेलेले आज एक विज्ञप्ति निकालेर बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको आसन्न ७८ औँ महासभालाई दृष्टिगत गरी जेनेभा र न्युयोर्कमा रहेका स्थायी प्रतिनिधिलाई फिर्ता नबोलाइएको उनले स्पष्ट गरेका छन् ।

विदेशमा रहेका नाइजेरियाली वाणिज्य दूतावास कार्यालय र दूतावासको अवस्थाको अनुसन्धानपछि राष्ट्रपतिको यो आदेश आएको हो । नाइजेरियका कूटनीतिक नियोगहरूबाट विश्वस्तरीय दक्षता र गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले राष्ट्रपति टिनुबुले राजदूत फिर्ता बोलाउन निर्देशन दिनुभएको प्रवक्ता एनगेलेले स्पष्ट गरेका छन् ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?