Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कृत्रिम गर्भाधारणमा निःशुल्क पशु प्राविधिक


१७ भदौ, इलाम । इलामको देउमाई नगरपालिका–४ ले किसानका लागि दुई पशु प्राविधिक निःशुल्क खटाएको छ । पशुको कृत्रिम गर्भाधारणका लागि वडाकै बजेटबाट दुई पशु प्राविधिक खटाइएको हो ।

यसवर्ष पशुमा लाग्ने रोग लम्पी स्किनको महामारीबाट धेरै किसानका पशु मरेको तथा बिरामी परेका कारण किसानलाई राहतस्वरुप प्राविधिक कर्मचारी खटाइएको वडाध्यक्ष भीमलाल खनालले बताए । उनले नश्ल सुरधारमा समेत किसानलाई यस कार्यक्रमले राहत मिल्ने विश्वास लिएको बताए । लम्पी स्किनको सङ्क्रमणले किसानका पशु बिरामी परेको तथा मरेका कारण पनि किसानलाई पशुमा गर्भाधारणमा समस्या हुँदै आएको थियो । यो कार्यक्रमले किसानलाई समेत राहत मिलेको छ ।

गाईभैँसीको कृत्रिम गर्भाधारणमा किसानले कुनै प्राविधिक बापतको रकम तिर्नु पर्दैन । उन्नत जातका पशु उत्पादनमा वडावासीलाई हौसला बढाउनसमेत यो कार्यक्रमले फाइदा मिल्ने विश्वास लिइएको छ । यस कार्यक्रमले किसानले राहत पाएको महसुस गरे यसलाई निरन्तरता दिइने वडाध्यक्ष खनालले बताए ।

यस वडामा बजार क्षेत्र भए पनि उत्तिकै मात्रामा पशुपालन गर्ने किसानसमेत छन् । याक्सी, मझुवा, धुसेनीको माथिल्लो क्षेत्रमा बढी पशुपालन हुँदै आएको छ । किसान मैत्री काम गर्न वडा तथा पालिकाले लाग्नुपर्ने भएकाले पनि सो कार्यक्रमको सुरुवात गरिएको वडा कार्यालयले जनाएको छ । कृषिसँगै स्वास्थ्य, शिक्षा, सडक, पर्यटन लगायतका क्षेत्रमा समेत वडाले थप नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको बताइएको छ ।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?