Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१६ चैत्र २०८२, सोमबार
१६ चैत्र २०८२, सोमबार

कपाल झरेर हैरान हुनुहुन्छ ? छुटकारा पाउन अपनाउनुहोस् यी सरल पद्धति


१७ भदाै, एजेन्सी । यदि तपाईं कपाल झर्ने समस्याबाट चिन्तित हुनुहुन्छ भने संसारमा यो समस्या तपाईंको मात्रै हैन । विश्वरभरका मानिसहरूमा यो समस्या देखिएको छ ।

कपाल झर्ने समस्यालाई एलोपेसिया भनिन्छ । एक अध्ययनका अनुसार यो समस्याबाट अमेरिकामा मात्रै ८ करोडभन्दा बढी प्रभावित भएका छन् ।

एउटा अमेरिकी अध्ययनले प्रत्येक दिन एक जना मानिसले औसतमा १०० वटा कपाल गुमाउँछन् । तर, ती कपाल प्रतिस्थापनको दर पनि बराबर नै हुँदा यो प्रक्रिया खासै याद नहुने बताइन्छ ।

तर, कपाल उम्रिने दर घट्दै जाँदा तालु देखिन थाल्यो भने तपाईंलाई एलोपेसिया भएको हुन सक्छ । तर, यो समस्या देखिँदैमा चिन्तित भने भइहाल्नु पर्दैन । विभिन्न अध्ययनहरूले एलोपेसियाको असर कम गर्न उपायहरू सुझाएका छन् ।

१. अतिरिक्त प्रोटिन खानुहोस्

तपाईंले हरेक दिन पर्याप्त प्रोटिनको मात्रा नपाउँदा यसले तपाईंको कपालको वृद्धिलाई असर गर्न सक्छ । विशेष गरी यदि तपाईं शाकाहारी हुनुहुन्छ भने तपाईंले उपभोग गर्ने प्रोटीनको मात्रा बढाउन आवश्यक पर्दछ ।

एक व्यक्ति स्वस्थ रहन दिनको ४० देखि ६० ग्राम प्रोटिन चाहिने डा. बर्गफेल्ड बताउँछन् । यो मात्रामा प्रोटिन मेन्टेन गर्दा कपाल झर्ने समस्याबाट छुटकारा पाइन्छ ।

सिमी, फलफूल, अण्डा र दही खाँदा शरीरमा प्रोटिनको मात्रा थपिने बताइन्छ ।

२. भिटामिन लिनुहोस्

डाक्टरले जाँच गरेर कपालको वृद्धिलाई असर गर्न सक्ने महत्त्वपूर्ण भिटामिन र मिनरल्सहरूको कमी छ कि छैन भनेर जाँच गर्न सक्छन् । यसमा भिटामिन ए, बी, सी, डी, ई र आइरन पर्दछन् ।

डा. बर्गफेल्डले स्वस्थ कपाल, छाला र मांसपेशीको तन्तुलाई जोगाउन मद्दत गर्ने सप्लिमेन्ट, जिंकसँग बायोटिन फोर्टलाई सिफारिस गरेर सफलता पाएको बताएका छन् ।

३. आहारमा ध्यान दिनुहोस् 

फलफूल, तरकारी र प्रोटिन सहितको आहार गर्नु कपाल झर्ने समस्याबाट छुटकारा पाउन महत्वपूर्ण मानिन्छ । आधुनिक आहारहरुको तुलनामा सन्तुलित आहार स्वास्थ्यका लागि लाभदायक मानिन्छ । समग्रमा भिटामिन, प्रोटिन र आइरनको मात्रा मिलेको आहार ग्रहण गर्दा कपाल झर्ने समस्याबाट धेरै हदसम्म छुटकारा पाइन्छ ।

४. कपाल झर्न रोक्ने औषधि प्रयोग गर्नुहोस्

आधुनिक उपचार पद्धतिले कतिपय अवस्थामा असम्भव नै जस्ता देखिएका समस्याहरू पनि सुझाएका छन् । त्यसैगरी, कपाल झर्ने समस्याबाट छुटकारा दिने खालका विभिन्न आधुनिक उपचार पद्धतिको विकास भइसकेको छ । सहज र सजिलै कपाल झर्ने समस्याबाट छुटकारा पाउन योआधुनिक उपचार पद्धति पनि प्रभावकारी हुन सक्छ ।

नेपालमै पनि सयाैँको संख्यामा यस्ता क्लिनिकहरू खुलेका छन् जसले कपाल झर्ने समस्याबाट छुटकारा दिन्छन् ।

५. कपाल र टाउकोको राम्रो हेरचाह राख्नुहोस्

कपाल झर्न रोक्ने सबैभन्दा प्रभावकारी उपाय भनेको कपालको ख्याल गर्नु नै हो । यसका लागि हेयर ड्रायर, ब्लीचिङ र अन्य तताउने पद्धतिबाट टाढा रहन सकिन्छ । क्षणिक सुन्दरताका लागि गरिने अनावश्यक हेयर स्टाइल र कलरिङले पनि कपालको हेरचाह हुन सक्दैन ।

जतिसक्दो प्राकृतिक रूपमा नै कपाललाई छोड्नु नै कपालको उत्तम हेरचाह हो जसले कपाल झर्ने समस्या निम्तिन नै दिँदैन ।

एजेन्सीहरूको सहयोगमा


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?