१७ भदाै, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बुबा बनेका छन् । उनकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् ।
उनीहरूले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए । विवाहको ५ वर्षपछि उनीहरू पहिलो चोटि बुवा–आमा बनेका हुन् ।
अहिले आमाछोरीको नै स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार