Trending
>>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि मेयर बालेनले दिए सिंहदरबारमा आगो लगाउने धम्की


१७ भदाै, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साहले पत्नी चढेको सरकारी गाडी रोकेर ट्राफिकले सोधपुछ गरेपछि सिंहदरबार जलाउने धम्की दिएको पाइएको छ ।

शनिबार महानगरको गाडीमा पत्नी चढेको गाडीमा ट्राफिक प्रहरीले सवारी चालक अनुमति पत्र भए नभएको सोधेपछि उनले सोही रिस साँझ सामाजिक सञ्जालमा उतारेको पाइएको हो ।

उनले फेसबुकमा लेखेका थिए, ‘आजको लागी केहि भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’

यो स्टाटससँगै उनको शैलीप्रति कतिपयले प्रश्न समेत उठाएका छन् । मेयर जस्तो पदमा बसेर उनले पदीय मर्यादाको कुनै ख्याल नराखेको पनि कतिपयले टिप्पणी गरेका छन् ।

 


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?