Trending
>>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित >>   राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्छौंः छविलाल विश्वकर्मा >>   राजनीतिक प्रतिशोधको कानूनी र राजनीतिक दुवै ढंगले प्रतिवाद गर्छौंः प्रदीप ज्ञवाली >>   कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय प्रतिशोधपूर्णः एमाले नेता भट्टराई >>   यो राजनीतिक प्रतिशोध हो, अध्यक्षलाई अविलम्व रिहा गरियोस्ः गोकर्ण विष्ट >>   खगराज अधिकारीको चेतावनीः प्रतिशोधपूर्ण गिरफ्तारीले देशमा आगो बल्छ, तुरुन्त रिहा गर >>   महेश बस्नेतको आह्वान: “राजनीतिक प्रतिशोधविरुद्ध आन्दोलनमा सहभागी बनौं”
Logo
१५ चैत्र २०८२, आईतवार
१५ चैत्र २०८२, आईतवार

पार्टी विरुद्दकाे अनर्गल प्रचारहरुको खण्डन गरौं, तथ्यमा आधारित कुरा गरौ: सिंह


काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी विरूद्दकाे अनर्गल प्रचारकाे खण्डन गर्न र तथ्यमा आधारित कुरा गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस काठमाडौं ७ क प्रदेश सम्मेलनमा बाेल्दै नेता सिंहले यस्ताे बताएका हुन् ।

उनले क्षेत्रीय सम्मेलनकाे मुख्य कुरा पार्टीको संगठनलाई लिएर सम्मेलन केन्द्रीत गर्नुपर्ने बताए । ` नेपाली कांग्रेस २००३ सालमा स्थापना भए यता विभिन्न क्रान्तिहरु गरेर, जनताको बिचमा लोकप्रिय पार्टी पाउछाैं । गौरवपुर्ण ईतिहास बोकेको पार्टी, प्रजातन्त्र ल्याउन, जनताको अधिकार प्राप्तिको लागि गरेको काम बिर्सिन सकिन्न । वर्तमान समयमा जन्ताकाे समस्या के छ ? त्यता तिर ध्यान केन्द्रित गर्न आवश्यक छ ,´समेत बताउनु भयकाे छ।

पार्टीको विचार सिद्धान्तबारे जानकारहरुलाई ल्याएर प्रशिक्षण गर्नु आवश्यक रहेकाे पनि उनले बताए । सोच र कार्यशैलीमा परिवर्तन आवश्यक रहकाे भन्दै उनले कार्यकर्ताहरु, पदमा रहेकाले अधिकार मात्र होइन जिम्मेवारीबोध नि गर्नुपर्नेमा जाेड दिए ।`गणेशमान सिंह जिको बसाेबास रहेकाे क्षेत्र, जन आन्दोलनको केन्द्र रहेको ठाउ आज हाम्रो अवस्था कस्तो छ ?गठबन्धन किन गर्नुपर्यो त्यसको अवस्था बारे बुझ्न जरुरी छ,´ उनले भने, `क्राइसिस मेनेज गर्न गठबन्धन गर्नु परेको कुरालाई नबिर्सिउ । हाम्रो चासाे के हो ? नेपाली काग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई संस्थागत गर्नको लागि राजनीतिक मुभ गरेको कुरालाई आत्मसाथ गर्नुपर्छ ।´कार्यक्रममा काठमाडौ सभापति सबुझ बानिया लगायत ले आफ्नाे धारणा राख्नु भयकाे थियाे।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?