Trending
>>   आज मिति २०८२ साल भदौ ०५ गते बिहिबार,हेर्नूहोस् आजको राशिफल >>   धर्म,संस्कार र तीज:हराउदै गएको मौलिकता >>   इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा छः अध्यक्ष दाहाल >>   मैले देशको राजनीति छोड्दा सबै गर्ल्यागुर्लुम ढल्ने हो की जस्तो लाग्छः अध्यक्ष दाहाल >>   शंकर पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? >>   रास्वपा विचार र लक्ष्य नभएको पार्टी : वर्षमान पुन >>   जनता भन्दा ठूलो कोही छैन, जनताको सेवा गरौँः सभापति देउवा >>   पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छः अर्थसमिति सभापति चालिसे >>   एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः रमेश लेखक >>   काँग्रेसभित्र ठूलो आत्मविश्वास र शुद्धता चाहिएको छः गगन थापा
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

पार्टी विरुद्दकाे अनर्गल प्रचारहरुको खण्डन गरौं, तथ्यमा आधारित कुरा गरौ: सिंह


काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी विरूद्दकाे अनर्गल प्रचारकाे खण्डन गर्न र तथ्यमा आधारित कुरा गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस काठमाडौं ७ क प्रदेश सम्मेलनमा बाेल्दै नेता सिंहले यस्ताे बताएका हुन् ।

उनले क्षेत्रीय सम्मेलनकाे मुख्य कुरा पार्टीको संगठनलाई लिएर सम्मेलन केन्द्रीत गर्नुपर्ने बताए । ` नेपाली कांग्रेस २००३ सालमा स्थापना भए यता विभिन्न क्रान्तिहरु गरेर, जनताको बिचमा लोकप्रिय पार्टी पाउछाैं । गौरवपुर्ण ईतिहास बोकेको पार्टी, प्रजातन्त्र ल्याउन, जनताको अधिकार प्राप्तिको लागि गरेको काम बिर्सिन सकिन्न । वर्तमान समयमा जन्ताकाे समस्या के छ ? त्यता तिर ध्यान केन्द्रित गर्न आवश्यक छ ,´समेत बताउनु भयकाे छ।

पार्टीको विचार सिद्धान्तबारे जानकारहरुलाई ल्याएर प्रशिक्षण गर्नु आवश्यक रहेकाे पनि उनले बताए । सोच र कार्यशैलीमा परिवर्तन आवश्यक रहकाे भन्दै उनले कार्यकर्ताहरु, पदमा रहेकाले अधिकार मात्र होइन जिम्मेवारीबोध नि गर्नुपर्नेमा जाेड दिए ।`गणेशमान सिंह जिको बसाेबास रहेकाे क्षेत्र, जन आन्दोलनको केन्द्र रहेको ठाउ आज हाम्रो अवस्था कस्तो छ ?गठबन्धन किन गर्नुपर्यो त्यसको अवस्था बारे बुझ्न जरुरी छ,´ उनले भने, `क्राइसिस मेनेज गर्न गठबन्धन गर्नु परेको कुरालाई नबिर्सिउ । हाम्रो चासाे के हो ? नेपाली काग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई संस्थागत गर्नको लागि राजनीतिक मुभ गरेको कुरालाई आत्मसाथ गर्नुपर्छ ।´कार्यक्रममा काठमाडौ सभापति सबुझ बानिया लगायत ले आफ्नाे धारणा राख्नु भयकाे थियाे।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?