Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण छैन: अर्थमन्त्री डा. महत


१६ भदाै, काठमाडाैँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रबाट निराश हुनुपर्ने कारण नभएको बताएका छन् । हिजो शुक्रवार बुटवल जेसिस स्वर्ण जयन्ती समारोह समुद्घाटन एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘आशा र निराशाका बिचबाट हामी र देश अगाडि बढ्नुपर्नेछ, निश्चय नै अहिले हामी समस्यामा छौँ, अर्थतन्त्र केही समस्यामा छ ।

‘तर धेरै निराश हुनुपर्ने कारण छैन । व्यवसायी मर्कामा छन्, उनीहरूको आत्मविश्वासमा कमी आएको छ । नकारात्मक कुरा गरिराख्यो भने हाम्रो आत्मविश्वास घटेर जान्छ । सबैले खराबै मात्र भन्ने हो भने केही गरौँ भन्ने भावनाबाट प्रेरित भएर उद्योग व्यवसाय गर्छु भन्ने व्यक्तिसमेत चुप लागेर बस्छन् । जेसिसका साथीहरूले सकारात्मक छलफलको अगुवा गर्न मन्त्री डा. महतले आग्रह गरे ।

अर्थतन्त्रको सङ्केतलाई राम्रोसँग केलाएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै उनले अहिले अर्थतन्त्र सुधारका सङ्केत देखिनु आफैमा सकारात्मक भएको दाबी गरे ।

अर्थतन्त्रमा देखिएको निराशाको सङ्केत अस्थायी भएको भन्दै उनले यो धेरै समय नरहने बताए । अहिले पुँजीको परिचालन भइरहेको भन्दै मौद्रिक नीतिमा कडाइ गर्दा ब्याज दर बढेको भन्दै यो दिगो नभएको बताए ।

जेसिजको मूल्य मान्यता र क्रियाकलाप अत्यन्तै महत्त्वपूर्ण भएको भन्दै अर्थमन्त्री डा. महतले जेसिजको भूमिका लोकतन्त्र र शान्ति स्थापना, व्यवसाय र अन्तर्राष्ट्रिय पहुँचमा विशेष भूमिका खेलेको बताए ।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?