Trending
>>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

काठमाडौँ र ललितपुरका यी स्थानमा आज ८ घण्टासम्म बत्ति जाने


१६ भदौ, काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा साढे आठ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुनसक्ने जनाएको छ ।

विद्युत् प्राधिकरणले काठमाडौँका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरबाट आपूर्ति हुँदै आएको बिजुली आज बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने जनाएको छ ।

हाल टेकु सवस्टेसनको स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ । विद्युत् आपूर्ति सकेसम्म कम प्रभावित होस् भनेर सबै फिडरमा वैकल्पिक व्यवस्थासमेत गरिएको प्राधिरकरणले जनाएको छ ।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?