Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

रवि लामिछानेसँग भारतीय राजदूतको भेट


१५ भदौ, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । रास्वपा पार्टी कार्यालय वनस्थलीमा आज भएको भेटमा उनिहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको पार्टीका केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिए ।

सो अवसरमा नेपालको समृद्धिका लागि नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउनुका साथै आपसी चासोका मुद्दालाई सम्वादमार्फत् हल गर्दै जानुपर्नेमा पार्टी सभापति लामिछानेले जोड दिएका थिए । उनले रास्वपाको मुख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास भएको बताएका थिए ।

उक्त भेटमा रास्वपाकातर्फबाट महामन्त्री डा मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद  शिशिर खनाल र अर्का सांसद मनिष झाको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?