Trending
>>   आज मिति २०८२ साल भदौ ०५ गते बिहिबार,हेर्नूहोस् आजको राशिफल >>   धर्म,संस्कार र तीज:हराउदै गएको मौलिकता >>   इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा छः अध्यक्ष दाहाल >>   मैले देशको राजनीति छोड्दा सबै गर्ल्यागुर्लुम ढल्ने हो की जस्तो लाग्छः अध्यक्ष दाहाल >>   शंकर पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? >>   रास्वपा विचार र लक्ष्य नभएको पार्टी : वर्षमान पुन >>   जनता भन्दा ठूलो कोही छैन, जनताको सेवा गरौँः सभापति देउवा >>   पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छः अर्थसमिति सभापति चालिसे >>   एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः रमेश लेखक >>   काँग्रेसभित्र ठूलो आत्मविश्वास र शुद्धता चाहिएको छः गगन थापा
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

चीनले जारी गरेको नक्साबारे परराष्ट्रले भन्यो- नेपालको नक्सालाई सम्मान होस्


१५ भदौ, काठमाडाैँ । नेपालले सन् २०२० मा नेपालको संसदले सर्वसम्मतिले पारित गरेको राजनीतिक र प्रशासनिक नक्सालाई सम्मान गर्न चीनलाई आग्रह गरेको छ । शुक्रबार संचारमाध्यमहरुको प्रश्नको जबाफ भन्दै परराष्ट्र मन्त्रालयले पठाएको प्रेस नोटमा चीनको नाम नलिई नेपालको नक्सालाई सम्मान गर्न छिमेकीहरूलाई आग्रह गरिएको छ ।

चीनले सोमबार जारी गरेको नक्सामा नेपालको पश्चिम भूभाग कालापानीदेखि लिम्पियाधुराका भूभाग भारतमा राखेपछि नेपालमा तिब्र असन्तोष उत्पन्न भएको बेला सरकार बोलेको हो । ’सन् २०२० मा नेपालको संसदले सर्वसम्मतिले पारित गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट छ। यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्दछन् भन्नेमा नेपाल सरकार स्पष्टरूपमा विश्वास गर्छ’ परराष्ट्रले भनेको छ , ‘नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध छ ।’

 


प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?