Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

चीनले जारी गरेको नक्साबारे परराष्ट्रले भन्यो- नेपालको नक्सालाई सम्मान होस्


१५ भदौ, काठमाडाैँ । नेपालले सन् २०२० मा नेपालको संसदले सर्वसम्मतिले पारित गरेको राजनीतिक र प्रशासनिक नक्सालाई सम्मान गर्न चीनलाई आग्रह गरेको छ । शुक्रबार संचारमाध्यमहरुको प्रश्नको जबाफ भन्दै परराष्ट्र मन्त्रालयले पठाएको प्रेस नोटमा चीनको नाम नलिई नेपालको नक्सालाई सम्मान गर्न छिमेकीहरूलाई आग्रह गरिएको छ ।

चीनले सोमबार जारी गरेको नक्सामा नेपालको पश्चिम भूभाग कालापानीदेखि लिम्पियाधुराका भूभाग भारतमा राखेपछि नेपालमा तिब्र असन्तोष उत्पन्न भएको बेला सरकार बोलेको हो । ’सन् २०२० मा नेपालको संसदले सर्वसम्मतिले पारित गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट छ। यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्दछन् भन्नेमा नेपाल सरकार स्पष्टरूपमा विश्वास गर्छ’ परराष्ट्रले भनेको छ , ‘नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध छ ।’

 


प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?