Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

अर्थतन्त्र उकास्न महिलालाई उद्मशीलतासंग जोड्नुपर्छ: मन्त्री चित्रकार


काठमाडौं । ‘२० औं डाबर बाटिका तीज फेष्टिबल सृजनशील महिला उद्यमी मेला २०८०’ सूरु भएको छ । काठमाडौंको दरवारमार्ग स्थित होटेल अन्ननपूर्णको प्रागंनमा सुरु भएको मेलाको वाग्गमती प्रदेशका उद्योग,वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र माइती नेपालका अध्यक्ष अनुराधा कोएरालले संसंयक्त रुपमा मेलाको उद्घाटन गर्नुभएको छ ।महिला सृजनशील केन्द्रले महिला उद्यमीहरुले उत्पादन गरेका सामानहरुको बजारीकरणका लागि सहयोग गर्ने उद्देश्यका साथ मेला आयोजना गरीएको महिला सृजनशील केन्द्रका अध्यक्ष मिलु थापाले जानकारी दिनुभयो । महिला उद्यमीहरुले उत्पादन गरेका घरेलु बस्तुहरुको प्रवद्र्धन गरी उनीहरुलाई वित्तिय पहुँच बढाउन पनि मेला उपयोगी हुने थापाले विश्वास व्यक्त गर्नुभयो ।

सृजनशील महिलाको एउटै नारा, उद्यम गरौ, बनौ आत्मनिभर भन्ने अभियानका साथ सञ्चालन गरिएको मेलामा महिला उद्यमीले उत्पादन गरेका घरेलु बस्तुहरुको बिक्री वितरण गरिनेछ ।वाग्गमती प्रदेशका उद्योग,वाणिज्य, भूमि तथा प्रशासन मन्त्री चित्रकारले तिज संस्कृतिलाई उद्यमसंग जोड्नु राम्रो भएको बताउनुभयो । तिजलाई खाने लाउने पर्व मात्रै नभएर तिजलाई आत्मर्निभर महिला बनाउनका लागि उदमशिल महिला बनाउनुपर्ने कुरामा जोड दिनुभयो । देशको अर्थतन्त्रलाई माथि उकात्कानका लागि महिलालाई उद्मशीलतासंग जोडनुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रमा माइति नेपालका अध्यक्ष कोइरालाले महिला दिदिबहिनीले सञ्चालन गरेका उद्योगबाट गुणस्तरीय बस्तु उत्पादन गरेको पाइएकाले विदेशी बस्तु भन्दा स्वदेशमै उत्पादन भएका बस्तुहरुको उपयोग गर्न सबैलाई आग्रह ागर्नुभयो । कोइराललाले महिला दिदीबहिनीहरुले संचालन गरेका उद्यममा उत्पादित सामानहरु गुणस्तरीय भएकाले त्यसले बाह्य मुलुकमा पनि सोचे अनुसार नै बजार पाउने र त्यसका लागि आवश्यक विज्ञापन भने गर्नुपर्ने आवश्यक्ता रहेको औंल्याउनुभयो । मेलामा नेपालमै उत्पादन गरिएका सारी, कुर्ता, सुरुवाल, चुरा, जुत्ता, चप्पल, झोला, खाद्य सामाग्री, गरगहना लगायतका सामाग्री प्रर्दशनमा रादिउको छ । ३ दिनसम्म चल्ने मेलामा करिव १० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको मेला व्यवस्थापनको जिम्मेवारी लिएको राईजिङ नेपाल प्रालिका प्रबन्ध निर्देशक पशुपति केसीले बताउनुभयो ।


प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?