Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

भेरी अस्पताल स्तरोन्नति गरिन्छ : मन्त्री बस्नेत


१४ भदाै, बाँके । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले भेरी अस्पताल स्तरोन्तिका लागि मन्त्रालय सधैँ तयार रहेको बताए । आज भेरी अस्पताल अवलोकनका क्रममा उनले यस अस्पताललाई अझै व्यवस्थित गराउन मन्त्रालयले आवश्यक बजेट छुट्याउने बताएका हुन् ।

मन्त्री बस्नेतले भने,“मन्त्रालयले यो अस्पतालको आन्तरिक र बाह्य दुवै पक्ष व्यवस्थापनका लागि धेरै शीर्षकमा बजेट पठाएको छ । अझैंँ व्यवस्थित हुन बाँकी नै भएको हुनाले अस्पताल व्यवस्थापनका लागि आवश्यक बजेट पठाउन मन्त्रालय तयार छ ।”

अस्पतालको फोहर व्यवस्थापनमा विशेष ध्यान दिन व्यवस्थापन समितिलाई निर्देशन दिँदै उनले एउटै व्यक्तिले लामो समयसम्म एकै ठाउँमा बसेर सेवा दिन नसक्ने भएकाले त्यस्ता व्यक्तिलाई अन्यत्र सरुवाको प्रक्रिया अघि बढाउन पनि निर्देशन दिए । उनले भने,“एउटै व्यक्ति १५, १६ वर्षदेखि एकै ठाउँमा बसेर काम गरिरहेको पाईएको छ । यो विषयमा व्यवस्थापन समितिलाई सचेत भएर सरुवाको प्रक्रिया अघि बढाउन म आग्रह गर्दछु ।”

गरिब तथा विपन्न परिवारका बिरामीले सहज र सुलभ रुपमा अस्पतालमा उपचार पाउनुपर्नेमा जोड दिँदै मन्त्री बस्नेतले पश्चिम नेपालकै सबैभन्दा ठूलो अस्पतालका रूपमा चिनिएको यस अस्पतालले बिरामीसँग नम्र र शिष्ट भएर काम गर्न पनि चिकित्सक र कर्मचारीलाई आग्रह गरे ।


प्रकाशित मिति: १४ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?