Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

अहिलेसम्म सार्वजनिक सबै काण्डको निष्पक्ष छानबिन गर्दा कुनै आपत्ति छैन : विशाल भट्टराई


१३ भदाै, झापा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता विशाल भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर झापाको गिरीबन्धु टी स्टेटको विषय मात्र नभई अहिलेसम्म सार्वजनिक सबै भ्रष्टाचारलगायतका विभिन्न काण्डको निष्पक्ष छानबिन गर्दा कुनै आपत्ति नहुने बताएका छन् ।

प्रेस चौतारी क्षेत्रीय समिति दमकले मङ्गलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सत्यतथ्य छानबिन गर्दा आफूहरूलाई कुनै समस्या नरहेको बताएका हुन् । “अहिलेसम्म जति काण्डहरू सार्वजनिक भएका छन् ति सबै विषयमा छानबिन गर्दा हाम्रो असहयोग होइन सहयोग रहन्छ,” उनले भने, “जति विषय सार्वजनिक भएका छन्, बाहिर आएका आएका छन् छिटो छानबिन होे्स भन्ने हाम्रो चाहना हो ।”

पार्टीले खटाएर वा अह्राएर कसैले पनि भ्रष्टाचारलगायतका अनैतिक काममा नगरेको भन्दै कसैले गरेको भए उनीहरू कारबाहीको दायरामा आउनु पर्नेमा उनको जोड थियो । जनतामा तीब्र निराशा छाइरहेको समयमा जनतालाई भ्रमित बनाउने तवरले मात्र सरकारले यस्ता विषय उठाएको बताउँदै उनले देश बनाउने विषयमा छलफल र बहस नभएको बताए । सरकार गिराउन र बनाउन दगुर्ने प्रवृतिका कारण मूलक पछि परेको उनको भनाइ थियो । एमाले झापा जिल्ला अध्यक्ष दीपक कार्कीले जनताको घरदैलोमा पार्टी पुग्ने काम गरिरहेको बताए ।


प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?