Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

कोरियाबाट फर्केका दाजुभाइको भैँसीपालन


१२ भदौ, स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–९ बैङ्डीका दुई दाजुभाइले भैँसीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन् । रोजगारीको सिलसिलामा कोरियामा १० वर्ष बिताएका दाजुभाइले विदेशमा सिकेको सीपलाई आफ्नै जन्मभूमिमा प्रयोग गरी मनग्य आम्दानी गर्दै आएका हुन् ।

कम्पनी रजिष्ट्रार कार्यालयमा ‘सिद्धबाबा एग्रोफर्म एन्ड रिसर्च सेन्टर प्रालि’ कम्पनी दर्ता गरी व्यावसायिकरुपमा २०७७ सालदेखि भैँसीपालनमा लागेको सञ्चालक उत्तम आचार्य बताउछन् । “कोरियामा रहँदा गाई फार्ममा काम गर्दाको सीप तथा अनुभव हामीसँग थियो”, उनले भने, “विदेशमा सिकेको सीपले आज आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गर्दा सहज भएको छ ।” उनले सुरुआतमा २० उन्नत जातका मुर्रा भैँसीबाट व्यवसाय थालेका थिए । हाल उनको फार्ममा माउ ८०, दुई उन्नत जातका मुर्रा राँगा र पाडापाडी ५० वटा छन् । हाल ५० भैँसीले दूध दिइरहेका छन् ।

“अहिले दैनिक तीन सय ५० देखि तीन सय ६० लिटर दूध उत्पादन हुँदै आएको छ”, आचार्यले भने, “प्रतिलिटर दूध एक सय पाँच देखि एक सय १० सम्म स्थानीय बजारमा खपत हुने गरेको छ ।”

मासिक ११ लाख बराबरको दूध बिक्री हुने गरेको छ । भैँसीलाई दानापानी तथा कामदारको पारिश्रमिकमा सात लाख खर्च हुने गरेको छ । फार्ममा छ जनाले रोजगारी पाएका छन् । सुरुआतमा एक करोड लगानीबाट थालिएको व्यवसायमा लगानी वृद्धि गर्दै हालसम्म तीन करोड लगानी भइसकेको उनले बताए ।

“सात रोपनी क्षेत्रफलमा फैलिएको आधुनिक गोठ, भण्डारण कक्ष, कामदारका लागि आवास कक्ष, कार्यालय, भान्साकोठा, शौचालय र तारबार गरी संरचना निर्माण गरेका छौँ”, आचार्यले भने, “यसलाई अझै व्यवस्थित गर्नका लागि करिव रु डेढ करोड लगानी गर्ने तयारीमा छौँ ।”

अहिले दूधमात्रै उत्पादन र बिक्री हुँदै आएकामा यसलाई थप विस्तार गरी दूधजन्य अन्य परिकार पनि उत्पादन गर्ने तयारीमा आफूहरु रहेको अर्का सञ्चालक वीरेन्द्र आचार्यले बताए । दूध मात्रै बिक्री गरेरभन्दा पनि अन्य दूधजन्य परिकार उत्पादन गर्न सके आम्दानी अझै बढ्ने भएकाले सोही तयारीमा रहेको उनी बताउछन् ।

भैँसीपालनका लागि अत्यावश्यक घाँस एक सय रोपनी क्षेत्रफलमा रोपिएकाले पनि घाँसमा लगानी गर्नु नपरेको आचार्यले बताए । फार्मले ८० रोपनी जग्गा भाडामा लिएको छ । “फार्म सञ्चालन गरेका व्यवसायीलाई अनुदान होइन लगानीकर्तालाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराए थप लगानी गर्न प्रोत्साहन पुग्ने थियो”, उनले भए । युवा स्वदेशमा रोजगारीको अवसर नदेखेर विदेशी भूमिमा पलायन भइरहेका बेला राज्यले बेलैमा सोच्नुपर्ने बेला आएको आचार्यको भनाइ छ ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?