Trending
>>   कोरला नाकामा अध्यागमन कार्यालय स्थापना हुँदा स्थानीयमा उत्साह >>   माधव नेपाल भेनेजुयला प्रस्थान, कार्यवाहकको जिम्मेवारीमा पाण्डे >>   नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउँछ : प्रधानमन्त्री >>   हिमाल आरोहणको क्रममा हराएका दुई पर्यटकमध्ये एक सम्पर्कमा आए >>   कार्तिक शुक्ल प्रतिपदा : गरियो गोवर्धन पूजा >>   सरकारले राम्रो काम गरिरहेको छ: देउवा >>   देशको प्रतिष्ठा बढाउन नेवारी संस्कृतिको असाधारण योगदान छ : प्रधानमन्त्री >>   भाइटीकामा कुन–कुन स्थानमा हुँदैछ वर्षा >>   कस्तो रहला आज देशभरको मौसम ? >>   आज मिति २०८१ साल कार्तिक १७ गते शनिबार, हेर्नुहोस आजको राशिफल
Logo
१७ कार्तिक २०८१, शनिबार
१७ कार्तिक २०८१, शनिबार

माओवादीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड


१२ भदाै, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन्।

मङ्गलवार बिहान राष्ट्रिय सभागृहमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले माओवादी रूपान्तरण अनिवार्य सर्त भएको बताएका हुन्।

प्रशिक्षणमा प्रधानमन्त्रीले भने, देश रूपान्तरणको नयाँ सङ्कल्पसहित एउटा अभियानको सुरुवात गरिएको छ। यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ। त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य छ। जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरुवात गर्नेछू ।

नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ। यो यहीँ रोकिने वाला छैन प्रधानमन्त्रीले भने, ‘भ्रष्टाचारविरूद्भको अभियान थप तीव्र भएर जान्छ। हामी विरूद्ध घेराबन्दी छ, अनेकौँ कु प्रचार छ। तर, हामी दृढताका साथ नै अघि बढ्छौँ ।’

प्रधानमन्त्रीले भने, ‘परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न सक्दैन। यसमा गुणात्मक रूपान्तरण जरुरी छ। असफल भएको विकास मोडललाई हामीले सधैँ बोकेर हिँड्न सक्दैनौँ। अर्को बजेटसम्म आउँदा हामी नयाँ अर्थनीति र योजनाका साथ अगाडि जान्छौँ ।’

नेपालको हितका निम्ति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरिएको छ। त्यसको नतिजा क्रमशः आउनेछन् प्रधानमन्त्री प्रचण्डले भने, ‘कुटनीतिमा वर्तमान सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छटपटी सुरु भएको छ। १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता सानो कुरा होइन। यी कामलाई तपाईँहरूले जनताको बिचमा लैजानुस् ।’


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?