Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

चेपाङ विद्यार्थीलाई बस्न र खानाको सुविधा


११ भदौ, तनहुँ । आँबुखैरेनी गाउँपालिका कार्यालयले कक्षा ११ र १२ मा अध्ययनरत चेपाङ विद्यार्थीलाई खाद्यान्नदेखि कोठा भाडासम्म सुविधा प्रदान गरेको छ ।

घरदेखि विद्यालय टाढापर्ने भएकाले कक्षा ११ र १२ मा बसेर अध्ययन गर्नका लागि खानादेखि आवाससम्मको जिम्मा गाउँपालिकाले लिएको हो । गाउँपालिकाभरी रहेका सीमान्तकृत चेपाङ जातिका बालबालिकालाई कक्षा १२सम्म पूर्णरुपमा निःशुल्क शिक्षा दिने निर्णय यसअघि नै गाउँपालिका कार्यालयले गरिसकेको छ ।

सोही निर्णयअनुरुप विद्यालय तहको पढाइमा चेपाङ बालबालिकाको लागि कापी, कलम, पोशाकलगायतमा सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । विद्यालय तहमा पढ्ने बालबालिकाले घरबाट विद्यालय जान र आउन सक्ने भए पनि कक्षा ११ र १२ घरबाट सम्भव नभएकाले गाउँपालिकाले छुट्टै आवास र खानाको सुविधा प्रदान गरेको हो ।

गाउँपालिकाभित्र कम्तीमा साठी जनाको हाराहारीमा चेपाङ जातिका बालबालिका अध्ययनरत रहेको उनले बताए । आर्थिक अवस्था कमजोर भएका कारण पठनपाठनबाट बञ्चित हुन नपरोस भनि गाउँपालिकाले यस किसिमको प्रोत्साहन कार्यक्रम अघि सारेको हो । शिक्षामा निःशुल्क भएसँगै चेपाङ बालबालिकाहरु पछिल्ला समय पढाइतर्फ आकर्षित हुँदै गएका छन् ।

आँबुखैरेनी–५ का राम शाह माध्यमिक विद्यालय कक्षा ११ मा भर्ना भएका विद्यार्थी अमृत चेपाङको सम्पूर्ण खर्च गाउँपालिकाले व्यवस्था गरिदिएको छ । विद्यार्थी अमृतको विद्यालयमा लाग्ने शुल्क, गास र आवास सहितको सुविधा व्यवस्था गरिदिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

यस क्षेत्रका चेपाङ समुदायका मुख्य आयस्रोत बाँसजन्य सामाग्री निर्माण गरी बिक्रीबाट जीविकोपार्जन गर्दै आएको सो गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?