Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

चार फेसबुक पेज र अनलाइन विरुद्ध समीक्षा अधिकारीले दिइन् उजुरी


११ भदाै, काठमाडाैँ । गायिका समीक्षा अधिकारीले चार फेसबुक पेज र अनलाइन विरुद्ध उजुरी दिएकी छन् । उनले आफ्नो विषयमा झुटाे खबर सार्वजनिक गर्दै मानसिक यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी हुन् ।

उनले लेखेकी छन्, “केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा ‘मलाई अष्ट्रेलियाले ब्ल्याकलिष्टमा राखेको’ भनेर झुटो खबर फैलाइएकोमा त्यसको प्रतिवाद स्वरुप केही सञ्जालहरु किटान गरी जिल्ला प्रहरी कार्यलय, कास्कीमा उजुरी दिएको छु ।’

उनले, वास्तविक कुरा नबुझी आफ्नो सामाजिक सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलवाड गर्नु जघन्य अपराध भएको आफ्नो बुझाइ रहेको स्पष्ट पारेकी छन् । यस्तै, गायिका अधिकारीले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा बिना तथ्य झुटो कुरा लेख्ने पेजविरुद्ध कानुनी कारबाहीका लागि आग्रह गरेकी छन् ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?