Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

चार फेसबुक पेज र अनलाइन विरुद्ध समीक्षा अधिकारीले दिइन् उजुरी


११ भदाै, काठमाडाैँ । गायिका समीक्षा अधिकारीले चार फेसबुक पेज र अनलाइन विरुद्ध उजुरी दिएकी छन् । उनले आफ्नो विषयमा झुटाे खबर सार्वजनिक गर्दै मानसिक यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी हुन् ।

उनले लेखेकी छन्, “केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा ‘मलाई अष्ट्रेलियाले ब्ल्याकलिष्टमा राखेको’ भनेर झुटो खबर फैलाइएकोमा त्यसको प्रतिवाद स्वरुप केही सञ्जालहरु किटान गरी जिल्ला प्रहरी कार्यलय, कास्कीमा उजुरी दिएको छु ।’

उनले, वास्तविक कुरा नबुझी आफ्नो सामाजिक सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलवाड गर्नु जघन्य अपराध भएको आफ्नो बुझाइ रहेको स्पष्ट पारेकी छन् । यस्तै, गायिका अधिकारीले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा बिना तथ्य झुटो कुरा लेख्ने पेजविरुद्ध कानुनी कारबाहीका लागि आग्रह गरेकी छन् ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?