Trending
>>   सहकारीमा कार्यरत कर्मचारीहरुलाई सुरक्षा कोषमा आवद्ध गर्न आवश्यकः मन्त्री अधिकारी >>   सेबोनका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए शपथ >>   एनपिएलको उत्कृष्ट नेपाली क्रिकेटरले ओमोडा गाडी पाउने >>   मुलुकमा झुटको खेती गर्नेको कमी छैन :प्रधानमन्त्री ओली >>   दुर्गा प्रसाईंलाई सर्वोच्चबाट अस्पताल फर्काइयो >>   नक्कली नोट सहित दुई जना पक्राउ >>   इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण >>   एसिसी यु–१९ एसिया कप टोलीको बिदाइ >>   क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग >>   सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन
Logo
११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

पाकिस्तान उड्दै गर्दा सन्दीपले भने – पाकिस्तान र भारतसँग खेल्न तयार छु


११ भदाै, काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गरेका छन् । सोमबार बिहान उनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पाकिस्तान प्रस्थान गरेका हुन् । उनलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ विमानस्थल पुगेका थिए ।

पाकिस्तान उड्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै क्रिकेटर लामिछानेले अहिले टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको बताए । उनले एसिया कपमा राम्रो खेलेर नेपालीको मन जित्ने प्रतिबद्धता जनाए । उनले पाकिस्तान र भारतसँग क्रिकेट खेल्नु खुशीको पर्व भएको बताए ।

उनले भने, ‘‘टिमले अहिले राम्रो पर्फमेन्स गरिरहेको छ । पाकिस्तानमा पनि अभ्यास गेम खेलेको थियो । म फिट छु, खेल्नका लागि रेडी छु । एसिया कपमा हामी एकदमै धेरै राम्रो गर्नेछौँ । यो हाम्रो लागि खुशीको पर्व जस्तै हो । किनभने सधैँ यस्ता टिमसँग खेल्न पाउँदैनौँ । अब निरन्तर कसरी खेल्ने भन्नेबारेमा छलफल गर्नुपर्छ ।’’

क्रिकेटर लामिछानेले अब आगामी दिनमा पनि पाकिस्तान र भारतसँग खेल्ने वातावरण बनाइरहन मेहनत गर्नुपर्ने बताए ।

यसैगरी, सदस्यसचिव घिसिङले एशिया कपमा सम्पूर्ण नेपालीहरुको भरोसा क्रिकेटर लामिछानेमाथि रहेको बताए । सन्दीपको उपस्थितिसँगै टिम पूर्ण रुपमा बलियो बनेको उनको भनाइ छ । सदस्यसचिव घिसिङले सिङ्गो देशले गरेको भरोसा सन्दीपबाट पूरा हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘‘पाकिस्तानसँग, भारतसँग नेपाली क्रिकेट टिमले खेल्दैछ । त्यहाँ सन्दीपको उपस्थिति देशले महत्त्वपूर्ण रुपमा लिइरहेको छ । त्यसैले पनि केही प्राविधिक विषयवस्तुहरुसँग जोडिएर उहाँ टिमसँग जान सक्नुभएको थिएन । आज सिङ्गो देशले सन्दीपमाथि जसरी भरोसा गरेको छ, त्यो भरोसा सन्दीपबाट पूरा हुनेछ । सन्दीपको इन्ट्रीसँगै टिमले पूर्णता पाएको छ ।’’

नेपालले एसिया कपमा ३० अगस्टमा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?