Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

चुम्बन काण्डले स्पेनी फुटबलको छवि बिग्रिएको लिजेन्ड इनिएस्टाको भनाइ


११ भदाै, एजेन्सी । स्पेनिस फुटबलका महान खेलाडी आन्द्रेस इनिएस्टाले महिला विश्वकपको फाइनलपछि जेन्नी हर्मोसोसँग जबर्जस्ती चुम्बन गर्दा स्पेनी फुटबलको छविमा क्षति पुगेको बताएका छन् ।

इनिएस्टाले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, “‘म एक व्यक्तिको, तीन छोरीहरूको बुबाको, एक पतिको र एक फुटबलरको रूपमा’ हाम्रो फुटबल र स्पेनिश महिला राष्ट्रिय टोलीको वरिपरि के भएको छ भनेर मेरो दुःख व्यक्त गर्न चाहन्छु ।”

सन् २०१० को पुरुष फाइनलमा नेदरल्याण्ड्सविरुद्ध गोल गरी स्पेनलाई उपाधि दिलाउन सफल इजिरेका गोलकर्ताले भने, “विश्वकप जित्ने एक टोलीको सदस्यका रूपमा मलाई उनको उक्त कार्य (चुम्बन)ले हाम्रो उपलब्धिलाई कलङ्कित गरेको महशुस भएको छ ।”

सिड्नीमा इङ्ग्ल्याण्डविरुद्धको फाइनलमा १–० को जित हात पारेपछि हर्मोसोले ओठमा चुम्बन गर्न आफूले कुनै पनि समयमा सहमति नदिएको बताएका थिए ।

हर्मोसो र स्पेनका अन्य ८० खेलाडीले नेतृत्व परिवर्तन नभएसम्म राष्ट्रिय टोलीबाट नखेल्ने बताएका छन् ।

महिला टोलीका अधिकांश प्रशिक्षकले पनि राजीनामा दिएका छन् ।

“राष्ट्रिय टोलीका सबै खेलाडीले अहिले कस्तो महसुस गरिरहेका छन् म कल्पना पनि गर्न सक्दिनँ । उनीहरूले आफूसँग भएको महान प्रतियोगिता र हामीलाई सिकाएको शानदार फुटबलको बारेमा कसरी कुरा गरिरहेका होलान्,” इनिएस्टाले भन्नुभयो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुबियाल्सलाई ९० दिनका लागि निलम्बन गरेको थियो ।

स्पेनी महासङ्घले रुबियाल्सले आफ्नो बचाउ गर्ने बताउँदै भनेको छ, “त्यसैले सत्यको विजय हुन्छ र उनको पूर्ण निर्दोषता प्रमाणित हुन्छ ।”

स्पेनको खेलकुदसम्बन्धी प्रशासनिक अदालत (टीएडी) ले सोमबार बस्ने बैठकमा ४६ वर्षीय रूवियाल्सलाई अध्यक्षको जिम्मेवारीबाट निलम्बन गर्न सरकारले गरेको अनुरोधमाथि विचार गर्ने स्पेनी सञ्चारमाध्यमले आइतबार रिपोर्ट गरेपछि थप जटिलताको सामना गर्नुपर्ने हुन सक्छ ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?