Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

एसिया कप खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान


११ भदाै, काठमाडाैँ । नेपाली क्रिकेट टोलीका लेग स्पिन बलर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् । एसिया कप खेल्नका लागि सन्दीप सोमबार त्यसतर्फ लागेका हुन् ।

उनी कतारको दोहा हुँदै लामिछाने पाकिस्तान पुग्ने बताइएको छ ।

नेपाली टोलीका अन्य सदस्यहरू भने गत साता नै पाकिस्तान पुगिसकेका छन् । सन्दीप भने जबरजस्ती करणीको मुद्दाको सुनुवाइ नभएका कारण जान पाएका थिएनन् ।

आइतबारका लागि तोकिएको उनको मुद्दाको सुनुवाइ हेर्न नमिल्नेमा राखिएपछि उनी सोमबार पाकिस्तान उडेका हुन् । अब लामिछानेको अर्को पेसी भदौ २१ गते तोकिएको छ । उनी नेपाल र भारतको खेल खेलेर भदौ २० गते नेपाल फर्किनेछन् ।


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?