Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

राती निन्द्रा नलागेर हैरान हुनुहुन्छ ? अपनाउनुहोस यी पाँच टिप्स !


११ भदाै, एजेन्सी । धेरै कारकहरूले चाँडै सुत्ने तपाईंको क्षमतालाई असर गर्न सक्छ ।

सायद तपाईं बिहान चाँडै उठ्नुपर्ने काम भएको मान्छे हुनुहुन्छ वा तपाईंसँग काम वा पारिवारिक दायित्वहरू छन् जसले तपाईंलाई ढिलोसम्म अनिदो राख्छन्।

तर, केही यस्ता स्वास्थ्य समस्या वा मानसिक मानसिक स्वास्थ्य विकारहरू छन् जसले निदाउन गाह्रो बनाउन सक्छन् । रातिको समयमा चाँडै सुत्नु स्वास्थ्य तथा कामका हिसाबले पनि महत्वपूर्ण छ । यदी तपाईं ढिलो सुत्नु भएको अवस्थामा निद्रा नपुगेर अर्को दिन पनि खराब हुनसक्छ । यसबाट बच्नका लागि पर्याप्त निद्रा नै अचुक दबाइ हो ।

तर, सुत्न नै समस्या भइरहेको छ भने चाँडै कसरी सुत्ने ? स्लिप फाउन्डेसनले केही टिप्सहरू सुझाएको छ । हेराैँ ती टिप्सहरू :-

१. साँझको रूटिन बनाउनुहोस् 

के काम छ र कति बजेसम्म सक्ने भन्ने तय गर्नुहोस् र प्रत्येक दिन एकै समयमा बेडमा जान गर्नुहोस् । यसो गर्नाले एकै समयमा बेडमा जान प्रेरित गर्ने र समयमै निद्रा लाग्ने स्लिप फाउण्डेसनले उल्लेख गरेको छ ।

त्यस्तै, सुत्नुअघि शान्त हुँदा निद्रा राम्रो लाग्ने प्रमाणित टिप्स हो ।

बेडमा जानुअघि तातो पानीले नुहाउने, केही समय ध्यान गर्ने, गीत सुन्ने र केही पढ्नाले पनि निद्रामा सहयोग गर्ने बताइएको छ ।

२. ब्लू लाइट एक्सपोजरबाट जोगिनुहोस्

सुत्नु अघि आफ्नो फोन प्रयोग गर्दा आराम लाग्न सक्छ, तर यसले वास्तवमा तपाईलाई निदाउन गाह्रो बनाइरहेको हुन्छ । स्क्रिनको नीलो प्रकाशले तपाईंको शरीरलाई निद्रा हर्मोन मेलाटोनिन बनाउनबाट रोक्छ। जसले निदाउन कठीन बनाउँछ । त्यसैले, राम्रोसँग सुत्न सुत्नुअघि फोनको स्क्रिनबाट जोगिनु राम्रो हुन्छ।

३. लगातार सुत्ने तालिका राख्नुहोस्

यदि तपाईं हरेक दिन विभिन्न समयमा सुत्न जानुहुन्छ भने यो सबैभन्दा खराब बानी हो । हरेक दिन एकै समयमा उठ्ने र ओछ्यानमा जाँदा तपाईंको शरीरलाई दिनचर्या व्यवस्थापन गर्न सहज हुन्छ । पहिले सुत्नको लागि एक पटकमा १५ मिनेटले आफ्नो सुत्ने समय परिवर्तन गर्ने प्रयास गर्नुहोस्। यसले फिक्स तालिका समायोजन गर्न सजिलो बनाउँछ।

४. दैनिक व्यायाम गर्नुहोस् 

विभिन्न अध्ययनहरूले व्यायाम शरीरका लागि अत्यावश्यक हुने देखाएका छन् । स्वास्थ्य सल्लाह पालना गरी नियमित व्यायाम गर्दा निद्रामा सुधार हुन्छ। तर सुत्नुअघि तीव्र व्यायाम गर्नु भने नराम्रो भएको बताइएको छ। सुत्ने समय नजिकको कडा कसरतले निदाउन गाह्रो बनाउने विज्ञहरूले बताएका छन् ।

बिहान उढ्ने बित्तिकै व्यायाम गर्नु स्वाथ्यका लागि हर हिसाबले फाइदाजनक भएको लाखाैँ अनुसन्धानहरूले देखाएका छन्।

५. दिनको अन्तिमतिर कफीबाट टाढै बस्नुहोस्

अधिकांश व्यक्तिहरूको बानी काम सकिएपछि गफिँदै कफी खाने हुन्छ । क्षणीक रूपमा कामको थकान मेटाउन यो राम्रो पनि देखिन्छ । तर, निद्राका लागि भने साँझ वा दिनको अन्तिम समयमा कफी पिउनु दुश्मन बराबर नै हुन्छ ।

विज्ञहरूले कफी, चिया र ऊर्जा पेय जस्ता उत्तेजक पदार्थहरू सुत्ने समय चार देखि छ घण्टा अघिसम्म नखान सुझाव दिएका छन्।

स्लिप फाउण्डेसनको सहयोगमा


प्रकाशित मिति: ११ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?