Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

आइटी क्षेत्रमा उल्लेख्य सुधार नगरी देशको विकास सम्भव छैन: मन्त्री बस्नेत


१० भदाै, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आइटी क्षेत्रमा उल्लेख्य सुधार नगरीकन देशको विकास निर्माण र उन्नति हुन नसक्ने बताएका छन् ।

आइतबार वित्तीय साक्षरता टिभी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संसारभर आइटी क्षेत्रमा विकास गरेका देशहरू धेरै अघि बढी रहेको उल्लेख गरे । उनले एउटा सामान्यभन्दा सामान्य सूचनादेखि लिएर महत्त्वपूर्ण सूचनाहरू एकै पटक सबैतिर छर्नुपर्ने प्रविधिको विकास हुन जरुरी रहेको बताए । उनले दुर्गममा रहेका स्वास्थ्यकर्मीहरुले पनि आइटीको माध्यमबाट धेरै कुरा सिक्न र सल्लाह लिन सक्ने उल्लेख गरे । मन्त्री बस्नेतले आधारभूत स्वास्थ्य, निःशुल्क उपचार र दुर्गम बस्तीमा स्वास्थ्यको पहुँच पुर्याउने कुरालाई सरकारले विशेष प्राथमिकतामा राखेर अघि बढी रहेको उल्लेख गरे । उनले आफू मन्त्री बनेको तीन महिनामा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको दाबी गरे ।

उनले भने, ‘हामीले आइटीको क्षेत्रमा सुधार नगरीकन हाम्रो विकास, निर्माण, उन्नति प्रगति सम्भव छैन । संसारभर जजसले यो क्षेत्रमा विकास गरेका छन्, ती देशहरू अघि बढेका छन् । हामीले पनि एउटा सामान्य भन्दा सामान्य सूचनादेखि लिएर महत्त्वपूर्ण सूचनाहरू एकै पटक सबैतिर छर्नुपर्यो भने यो सिस्टम काम लाग्दैन । एक छिनलाई मानी लिनुस्, स्वास्थ्यकर्मीहरू दुर्गम गाउँमा पठाउन सकेनौँ, त्यहाँ एउटा सामान्य डाक्टरले कसैको सल्लाह नै लिनुपर्ने भयो, त्यहाँ सिनियर डाक्टरलाई सञ्चार वा आइटीको माध्यमबाट सम्पर्क गरेर यस्तो स्थितिमा कसरी निराकरण गर्न सकिन्छ भन्ने कुरा बुझ्न सकिन्छ ।’

मन्त्री बस्नेतले सबै मिलेर स्वास्थ्य क्षेत्रमा काम गर्ने हो भने ५ वर्षभित्रमा देशमा स्वास्थ्य क्षेत्रमा कायापलट गर्न सकिने दाबी गरे ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?