Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

गाउँमै गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे सेवा


१० भदौ, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको छ । गर्भवती र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य एकाइमार्फत स्वास्थ्यकर्मीले निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए ।

गाउँपालिकाले पालिकाभित्रका विभिन्न १० स्वास्थ्य संस्थाबाट एक सय ५० गर्भवतीलाई निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गरिएको उनले बताए । भिडियो एक्स–रेबाट आमा र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था बुझ्न सजिलो हुने उनले जानकारी दिए । एम्बुलेन्ससहितको स्वास्थकर्मीको टोली हरेक महिना पालिकाभित्रका गर्भवतीको गर्भवस्थाको परीक्षण गर्न टोल–टोलमा पुग्ने गरेका हुन् ।

“गाउँपालिकाको बोलाई स्वास्थ्यचौकी, महादेवटार आधारभूत स्वास्थ्य सेवा केन्द्र, सहिद स्मृति आधारभूत अस्पतालबाट निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको छ”, उनले भने, “त्यस्तै बगुवा स्वास्थ्यचौकी, खान्चोक स्वास्थ्यचौकी, मसेल सामुदायिक स्वास्थ्य एकाइ, ओख्ले आधारभूत स्वास्थ्य सेवा केन्द्र, तान्द्राङ स्वास्थ्यचौकीबाट नियमित सेवा उपलब्ध गराइँदै आइएको छ ।”

गर्भवतीको गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र समयमै समस्याको पहिचान गर्ने उद्देश्यले पालिकाभित्र नै गर्भवतीका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । ‘प्रोटेबल भिडियो एक्स–रे मेसिन’को प्रयोग गरी स्वास्थ्यकर्मीले वडा–वडामा पुगेर सेवा दिँदै आएको उनले बताए ।

गाउँपालिकाले यो सेवा सुरु गर्नुअघि पालिकाभित्रका गर्भवतीको गर्भावस्थाको परीक्षणका लागि गोरखा अस्पताल पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो । अहिले पालिकाभित्रैबाट प्रत्येक वडामा पुगेर सेवा दिन सुरु गरेसँगै गर्भावस्थामा हुनेसक्ने समस्याको समयमै पहिचान गरी उपचार गर्न सक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?