Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कोशी प्रदेशमा मल कारखाना जरूरी छ : मुख्यमन्त्री थापा


१० ,भाद्र ,सुन्दरहरैँचा (मोरङ) । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्वव थापाले मल पर्याप्त नपाउँदा किसान मर्कामा परेको उल्लेख गर्दै प्रदेशमा मल कारखाना स्थापना जरुरी रहेको बताएका छन् ।

आज इटहरीमा हुलास वायर इन्डष्ट्रिजको ‘संवर्द्धन समारोह’मा मुख्यमन्त्री थापाले भने, “कोशी प्रदेशमा मल पर्याप्त नपाएको अवस्था छ । समस्या समाधानका लागी प्रदेशमै मल कारखाना सञ्चालन जरुरी छ ।”

यसका लागि उनले हुलास कम्पनीलाई मल कारखाना स्थापना गर्न आग्रह समेत गरे ।

कोशी प्रदेशका किसानका समस्या जटिल रहेका भन्दै उनले राज्यले ती समस्या सम्बोधन गर्न नसकेको बताए ।

मुख्यमन्त्री थापाले भने, “कोशी प्रदेशमा मल कारखानाको स्थापनाका लागि हुलास कम्पनीले सहयोग गरोस्, राज्यको तर्फबाट आवश्यक समन्वय तथा सहकार्य हुन्छ ।”


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?