Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

इन्जिनियरिङको शुल्कवृद्धि: नेविसंघले बालुवाटार घेर्ने,चापागाईको जीवनरक्षा गर्न आयोगको अपिल !


९ ,भाद्र ,काठमाडौँ ।  इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा शुल्कवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले बालुवाटार घेराउ गर्ने भएको छ। इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेनदार विद्यार्थी अध्ययनबाट वञ्चित भएको भन्दै नेविसंघले आइतबार बिहान १० बजे बालुवाटार घेराउ गर्ने घोषणा गरेको हो।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शनिबार एक विज्ञप्ति जारी गर्दै इन्जिनियरिङमा भएको १४४ प्रतिशत शुल्कवृद्धि तत्काल फिर्ता लिनुपर्ने, सबै विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षामा एकरूपता ल्याउनुपर्ने, विद्यार्थीको विदेश पलायनलाई ‘राष्ट्रिय संकट’ घोषणा गर्नुपर्नेलगायतका माग राखेका छन्।

साथै, पाँच दिनदेखि आमरण अनशन बसेका विद्यार्थी नेता सुलभ चापागाइईंको जीवनरक्षाका निम्तिसमेत नेविसंघले सरोकारवाला निकायसँग अपिल गरेको छ। अनशनरत चापागाइईंको जीवनरक्षाको लागि मानवअधिकार आयोगले समेत अपिल गरेको छ ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?