Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

इन्जिनियरिङको शुल्कवृद्धि: नेविसंघले बालुवाटार घेर्ने,चापागाईको जीवनरक्षा गर्न आयोगको अपिल !


९ ,भाद्र ,काठमाडौँ ।  इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा शुल्कवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले बालुवाटार घेराउ गर्ने भएको छ। इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेनदार विद्यार्थी अध्ययनबाट वञ्चित भएको भन्दै नेविसंघले आइतबार बिहान १० बजे बालुवाटार घेराउ गर्ने घोषणा गरेको हो।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शनिबार एक विज्ञप्ति जारी गर्दै इन्जिनियरिङमा भएको १४४ प्रतिशत शुल्कवृद्धि तत्काल फिर्ता लिनुपर्ने, सबै विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षामा एकरूपता ल्याउनुपर्ने, विद्यार्थीको विदेश पलायनलाई ‘राष्ट्रिय संकट’ घोषणा गर्नुपर्नेलगायतका माग राखेका छन्।

साथै, पाँच दिनदेखि आमरण अनशन बसेका विद्यार्थी नेता सुलभ चापागाइईंको जीवनरक्षाका निम्तिसमेत नेविसंघले सरोकारवाला निकायसँग अपिल गरेको छ। अनशनरत चापागाइईंको जीवनरक्षाको लागि मानवअधिकार आयोगले समेत अपिल गरेको छ ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?