Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

निफमा निर्णायक समितिले पायो पूर्णता


आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को निर्णायक समितिले पूर्णता पाएको छ । फिचर चलचित्रतर्फको निर्णायकमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित भएसँगै समितिले पूर्णता पाएको हो । अभिनेता, लेखक र निर्माताको रूपमा सक्रीय रहनुभएका मोनाहान यसअघि उक्त विधाको प्रमुखमा भारतीय समीक्षक प्रेमेन्द्र मजुमदार र सदस्यमा अभिनेत्री प्रियङ्का कार्की मनोनीत हुनुभएको थियो ।

यस्तै, छोटो तथा वृत्तचित्रतर्फको निर्णायकमा प्रा डा इतामी बोर्जन मनोनीत हुनुभएको छ । चलचित्र विशेषज्ञसँगै शिक्षाविद् रहनुभएकी बोर्जनले क्रोएसियाको जाग्रेब विश्वविद्यालयमा एथनोग्राफिक, वृत्तचित्र, विश्व चलचित्रको इतिहास र सिद्धान्त पढाउनुहुन्छ । उहाँ यसअघि उक्त विधातर्फ प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’ की डिन प्रालि रान र सदस्यमा माया एकेडेमीका इन्द्रलाल बलामी मनोनीत हुनुभएको थियो । “विश्व चलचित्रसँगसमेत जोडिनुभएका व्यक्तिलाई निर्णायकमा राख्न पाउँदा उत्साहित छौँ । यसले नेपालमा रहेका निर्माता तथा निर्देशकलाई पनि साक्षात्कार गर्ने र विश्वमा बनिरहेका चलचित्रसँगै वृत्तचित्र बुझ्ने अवसर मिल्नेमा विश्वस्त छु”, निफका अध्यक्ष केपी पाठकले भन्नुभयो ।

यस वर्ष ‘निफ’ मा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा तथा एनिमेटेड चलचित्र प्रदर्शन गरिनेछन् । सात विधामा १४ पुरस्कार वितरण गरिने उक्त महोत्सवमा रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तक्र्रिया)समेत आयोजना गरिने अध्यक्ष पाठकले जानकारी दिनुभयो ।


प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?