Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

निफमा निर्णायक समितिले पायो पूर्णता


आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को निर्णायक समितिले पूर्णता पाएको छ । फिचर चलचित्रतर्फको निर्णायकमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित भएसँगै समितिले पूर्णता पाएको हो । अभिनेता, लेखक र निर्माताको रूपमा सक्रीय रहनुभएका मोनाहान यसअघि उक्त विधाको प्रमुखमा भारतीय समीक्षक प्रेमेन्द्र मजुमदार र सदस्यमा अभिनेत्री प्रियङ्का कार्की मनोनीत हुनुभएको थियो ।

यस्तै, छोटो तथा वृत्तचित्रतर्फको निर्णायकमा प्रा डा इतामी बोर्जन मनोनीत हुनुभएको छ । चलचित्र विशेषज्ञसँगै शिक्षाविद् रहनुभएकी बोर्जनले क्रोएसियाको जाग्रेब विश्वविद्यालयमा एथनोग्राफिक, वृत्तचित्र, विश्व चलचित्रको इतिहास र सिद्धान्त पढाउनुहुन्छ । उहाँ यसअघि उक्त विधातर्फ प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’ की डिन प्रालि रान र सदस्यमा माया एकेडेमीका इन्द्रलाल बलामी मनोनीत हुनुभएको थियो । “विश्व चलचित्रसँगसमेत जोडिनुभएका व्यक्तिलाई निर्णायकमा राख्न पाउँदा उत्साहित छौँ । यसले नेपालमा रहेका निर्माता तथा निर्देशकलाई पनि साक्षात्कार गर्ने र विश्वमा बनिरहेका चलचित्रसँगै वृत्तचित्र बुझ्ने अवसर मिल्नेमा विश्वस्त छु”, निफका अध्यक्ष केपी पाठकले भन्नुभयो ।

यस वर्ष ‘निफ’ मा छनोट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा तथा एनिमेटेड चलचित्र प्रदर्शन गरिनेछन् । सात विधामा १४ पुरस्कार वितरण गरिने उक्त महोत्सवमा रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तक्र्रिया)समेत आयोजना गरिने अध्यक्ष पाठकले जानकारी दिनुभयो ।


प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?