Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

कपिलवस्तुको शिवराज नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिले बुझे ८ लाख अनुगमन भत्ता


८ भदाै, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले रु आठ लाख ५० हजार रकम अनुगमन भत्ता बुझेका छन् । नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷८० मा मात्र अनुगमन भत्ताबापत सो रकम बुझेको पाइएको छ ।

गत साउन १ गते सूचनाको हक प्रयोग गरी नगरपालिकाबाट सूचना माग गरिएको थियो । नगरपालिकाले उक्त सूचना ३८ दिनपछि मात्र उपलब्ध गराएको थियो । नगरपालिकाले दिएको सूचनामा ३६ कर्मचारी र प्रतिनिधिले सो रकम भत्ताबापत बुझेको पाइएको हो । नगरपालिकाले उपलब्ध गराएको सूचनामा सबैभन्दा बढी रकम उपप्रमुख शिवकुमारी चौधरीले रु ६३ हजार सात सय ५० बुझेको पाइएको हो

नगरप्रमुख अजय थापाले रु ५१ हजार, प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले रु ५१ हजार, इन्जिनियर रामजी थापा नेपालीले रु ५१ हजार, लेखा अधिकृत रामचन्द्र मरासिनी रु ५१ हजार र खरिदार प्रेम वलीले रु ५१ हजार अनुगमन भत्ता बुझेको जनाइएको छ ।

यस्तै इन्जिनियर मोहन केसीले रु ४१ हजार छ सय ५०, लेखापाल रीता खनालले रु ४१ हजार छ सय ५०, ओभरसेयर सरोज भुसालले रु २८ हजार ५०,  शिव पराजुलीले रु २८ हजार ५०, ओभरसेयर वसन्त पन्थीले रु २६ हजार तीन सय ५० र ओभरसेयर ताराप्रसाद भण्डारीले रु २४ हजार छ सय ५० बुझेको नगरपालिकाले जानकारी दिएको छ ।

यसैगरी ओभरसेयर अजय कुर्मीले रु २४ हजार छ सय ५०, गुरुप्रसाद चौधरीले रु २२ हजार नौ सय ५० र अमिन रोशन नेपालीले २१ हजार दुई सय ५० बुझेका छन् । वडाध्यक्ष खिमविक्रम केसी, रामबहादुर चौधरी, टेकलाल सापकोटा, नेत्रप्रसाद बेल्वासे र रामगोपाल चौधरीले रु १५ हजार तीन सयका दरले अनुगमन भत्ता बुझेको जनाइएको छ । वडाध्यक्ष नसिम अहमद खाँ र  माहेताब आलम खाँले रु १२ हजार सात सय ५० का दरले भत्ता बुझेका हुन् ।

वडाध्यक्ष रिजवान अहमद खाँले रु १४ हजार चार सय ५०, अनुपकुमारी चौधरी र मञ्जु मिश्रले रु आठ हजार पाँच सयका दरले भत्ता बुझ्नुभएको नगरपालिाले जनाएको छ । वडाध्यक्ष रामेश्वरप्रसाद बर्माले रु २१ हजार दुई सय ५० अनुगमन भत्ता बुझेका हुन् । यस्तै सूचना अधिकारी डिल्लीराज भट्टराई रु ३८ हजार दुई सय ५० र अधिकृत लक्ष्मी कँडेलले रु आठ हजार पाँच सय अनुगमन भत्ता बुझेको जनाइएको छ ।


प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?