Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

कपिलवस्तुको शिवराज नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिले बुझे ८ लाख अनुगमन भत्ता


८ भदाै, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले रु आठ लाख ५० हजार रकम अनुगमन भत्ता बुझेका छन् । नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷८० मा मात्र अनुगमन भत्ताबापत सो रकम बुझेको पाइएको छ ।

गत साउन १ गते सूचनाको हक प्रयोग गरी नगरपालिकाबाट सूचना माग गरिएको थियो । नगरपालिकाले उक्त सूचना ३८ दिनपछि मात्र उपलब्ध गराएको थियो । नगरपालिकाले दिएको सूचनामा ३६ कर्मचारी र प्रतिनिधिले सो रकम भत्ताबापत बुझेको पाइएको हो । नगरपालिकाले उपलब्ध गराएको सूचनामा सबैभन्दा बढी रकम उपप्रमुख शिवकुमारी चौधरीले रु ६३ हजार सात सय ५० बुझेको पाइएको हो

नगरप्रमुख अजय थापाले रु ५१ हजार, प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले रु ५१ हजार, इन्जिनियर रामजी थापा नेपालीले रु ५१ हजार, लेखा अधिकृत रामचन्द्र मरासिनी रु ५१ हजार र खरिदार प्रेम वलीले रु ५१ हजार अनुगमन भत्ता बुझेको जनाइएको छ ।

यस्तै इन्जिनियर मोहन केसीले रु ४१ हजार छ सय ५०, लेखापाल रीता खनालले रु ४१ हजार छ सय ५०, ओभरसेयर सरोज भुसालले रु २८ हजार ५०,  शिव पराजुलीले रु २८ हजार ५०, ओभरसेयर वसन्त पन्थीले रु २६ हजार तीन सय ५० र ओभरसेयर ताराप्रसाद भण्डारीले रु २४ हजार छ सय ५० बुझेको नगरपालिकाले जानकारी दिएको छ ।

यसैगरी ओभरसेयर अजय कुर्मीले रु २४ हजार छ सय ५०, गुरुप्रसाद चौधरीले रु २२ हजार नौ सय ५० र अमिन रोशन नेपालीले २१ हजार दुई सय ५० बुझेका छन् । वडाध्यक्ष खिमविक्रम केसी, रामबहादुर चौधरी, टेकलाल सापकोटा, नेत्रप्रसाद बेल्वासे र रामगोपाल चौधरीले रु १५ हजार तीन सयका दरले अनुगमन भत्ता बुझेको जनाइएको छ । वडाध्यक्ष नसिम अहमद खाँ र  माहेताब आलम खाँले रु १२ हजार सात सय ५० का दरले भत्ता बुझेका हुन् ।

वडाध्यक्ष रिजवान अहमद खाँले रु १४ हजार चार सय ५०, अनुपकुमारी चौधरी र मञ्जु मिश्रले रु आठ हजार पाँच सयका दरले भत्ता बुझ्नुभएको नगरपालिाले जनाएको छ । वडाध्यक्ष रामेश्वरप्रसाद बर्माले रु २१ हजार दुई सय ५० अनुगमन भत्ता बुझेका हुन् । यस्तै सूचना अधिकारी डिल्लीराज भट्टराई रु ३८ हजार दुई सय ५० र अधिकृत लक्ष्मी कँडेलले रु आठ हजार पाँच सय अनुगमन भत्ता बुझेको जनाइएको छ ।


प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?