Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

एक सय पाँच वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण


७ ,भाद्र ,चितवन । भरतपुर अस्पतालमा एक सय पाँच वर्षीया वृद्धाको शल्यक्रिया गरी जोर्नी प्रत्यारोपण गरिएको छ ।

हिपको हड्डी भाँचिएर अस्पताल आउनुभएकी गोरखाकी गङ्गा गुरुङको सफल शल्यक्रिया गरिएको हो ।

अस्पतालका जोर्नी प्रत्यारोपण विशेषज्ञ डा मनोज कँडेलका अनुसार भदौ ३ गते अस्पताल भर्ना भएकी उनको भदौ ५ गते जोर्नी प्रत्यारोपण गरिएको हो ।

हाल गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

एनेस्थेसिया (शल्यक्रिया गर्दा बेहोस बनाउने काम) र शल्यक्रियाका हिसाबले चुनौतीपूर्ण रहे पनि सफलतापूर्ण शल्यक्रिया गरिएको डा कँडेलले बताए ।

उनका हनुसार बिरामीको हिपको गेडी परिवर्तन गरिएको छ ।

गुरुङलाई अस्पतालको हाडजोर्नी विभागमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखी उपचार भइरहेको डा कँडेलले जानकारी दिए ।

उनले भने, “उहाँ हिँड्न थाल्नुभएको छ । विस्तारै निको हुने विश्वास हामीले लिएका छौँ ।”

सबैभन्दा धेरै उमेरमा सफल शल्यक्रिया गरिएको अस्पतालको यो पहिलो घटना भएको उनले दाबी गरे ।


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?