Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

साँस्कृतिक पर्वहरूले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याँउछन : राष्ट्रपति पौडेल


७ भदाै, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले साँस्कृतिक पर्वहरूले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याँउने बताएका छन् । राष्ट्रपति पौडेलले गौरा पर्वको शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्‍भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निभाएको छ ।

शक्ति र प्रकृतिको रुपमा शिव र पार्वतीको पूजा गरी पाँच प्रकारका अन्नबाट बनेको “बिरुँडा” लाई अर्पण गरेपछि प्रसादको रुपमा ग्रहण गरेर यो पर्व मनाउने प्रचलन रहेको छ । यस पर्वमा शिव र पार्वतीको आराधना सहित व्रत बस्ने गरिन्छ, जसको फलस्वरूप शिव र पार्वती तथा ईष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ ।


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?