Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

साँस्कृतिक पर्वहरूले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याँउछन : राष्ट्रपति पौडेल


७ भदाै, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले साँस्कृतिक पर्वहरूले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याँउने बताएका छन् । राष्ट्रपति पौडेलले गौरा पर्वको शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्‍भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निभाएको छ ।

शक्ति र प्रकृतिको रुपमा शिव र पार्वतीको पूजा गरी पाँच प्रकारका अन्नबाट बनेको “बिरुँडा” लाई अर्पण गरेपछि प्रसादको रुपमा ग्रहण गरेर यो पर्व मनाउने प्रचलन रहेको छ । यस पर्वमा शिव र पार्वतीको आराधना सहित व्रत बस्ने गरिन्छ, जसको फलस्वरूप शिव र पार्वती तथा ईष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ ।


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?