Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

धानबालीमा गबारो र पात बेरुवा किरा देखियो


७ भदाै, तनहुँ । तनहुँमा धानबालीमा गबारो र पात बेरुवा किरा देखिएको छ । म्याग्दे गाउँपालिका–७ पयेरमा धानबाली अनुगमनका क्रममा गबारो र पात बेरुवा किरा देखिएको हो ।

गत वर्ष देखिएको समस्या यस वर्ष पनि देखिएको म्याग्दे गाउँपालिका कृषि शाखा प्रमुख रुक्मिता घिमिरेले जानकारी दिनुभयो । “किरा नास गर्न काम थालिसकेका  छौँ”, उनले भने । उनका अनुसार यस क्षेत्रको करिब २० रोपनी क्षेत्रफलको धानबालीमा खाद्यतत्व कमी देखिएको छ ।

गत वर्ष उक्त क्षेत्रमा समस्या देखिएपछि माटोको परीक्षण गरी किसानलाई परामर्श दिइएको थियो । समस्या समाधानका लागि विभिन्न उपाय कृषकलाई सिफारिस उपयोग गर्न आग्रह गरिएको शाखा प्रमुख घिमिरेले बताए । “गत वर्षको तुलनामा कम भएको छ, यस वर्ष पनि देखिएकाले समाधान समयमा गर्नेछौँ”, उनले भने ।

खेतबारीमा धेरै झार, घाँस रहन नदिई सरसफाइ गरेर किराबाट बचाउन सुझाव दिइएको गाउँपालिकाले जनाएको छ । खाद्यतत्व कमी भएका खेतबारीमा कृषि प्राविधिकले सिफारिस गरेका परिमाणमा रासायनिक मल प्रयोग गरेमा यस्ता समस्या छिट्टै समाधान हुने उहाँको भनाइ छ । विगतका समस्या यस वर्षमा नदोहोरियोस भनेर अनुगमन र समाधानका उपाय अपनाउन कृषकलाई सुझाव दिइएको शाखाले जनाएको छ ।

गत वर्ष देखिएको मिली बग देखिएकाले आफ्नो बालीको स्थितिको जानकारीका लागि समय समयमा अनुगमन र निरीक्षण गरी समाधानतर्फ लाग्न सुझाव दिइएको कृषि शाखा प्रमुख घिमिरेले बताए । उनका अनुसार मिलि बग रोग लागेका खेतीमा कम्तीमा हप्ताको एक पटक अनुगमन तथा निरीक्षण गर्नुपर्छ । किसानलाई धानबालीमा खाद्यतत्वको कमी हुन नदिनका लागि एनपिकेको फोलिएर स्प्रे (पानी मिसाएर छर्किने) गर्नुपर्ने सुझाव दिइएको छ ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले भने, “पानी नपर्दा देखिने किरा हो, पानी परिरहेकाले अब विस्तारै हराउँछ ।” केही दिन सुक्खा भएको अवस्थामा यो किरा देखिएकाले त्यस क्षेत्रका किसानलाई पोटास लगेर धानबालीमा छर्कन सुझाव दिइएको उनले बताए ।

म्याग्दे क्षेत्रमा यो समस्या देखा परे पनि अन्य स्थानमा यस्ता समस्या नरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । खेतमा सुक्खापन देखिनासाथ किराको सङ्क्रमण देखिने भएकाले खेतमा पर्याप्त मात्रामा पानी र मल राख्नुपर्ने प्रमुख तिवारीले बताउनुभयो । वर्षाले यस्तो समस्या आफैँ समाधान हुँदै जाने उनले जानकारी दिए । तनहुँमा आठ हजार तीन सय २० हेक्टर क्षेत्रफल जमिनमा धानखेती भइरहेको ज्ञान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०७९÷८० मा कार्यालयले धान प्रवद्र्धनका लागि रु ५० लाख बजेट विनियोजन गरेकोे थियो । चालु आवमा धानखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षको तुलनामा रकम बढाएर रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

 


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?