Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

युवालाई देशको माया हुनुपर्छ : मुख्यमन्त्री पाण्डे


५ ,भाद्र ,बलेवा (बागलुङ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युवा पुस्तामा देशप्रतिको माया हुनुपर्ने बताएका छन् ।

उच्च शिक्षासम्म देशले लगानी गर्ने तर युवाहरूको ऊर्जावानर र उत्पादनशील समय विदेशमा बित्ने अवस्था सिर्जना भएको भन्दै उनले देशले आफूप्रति गरेको लगानी सम्झिन युवाहरूलाई आग्रह गरे ।

देशमा अवसर नै नभएको, देशको अवस्था गतिलो नभएको भन्ने हल्ला फैलाउने र युवा पलायनलाई बढावा दिनेहरूका विरुद्धमा सबै एकजुट भएर लाग्नुपर्नेमा उनको जोड थियो ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले उत्पादन वृद्धि र स्वरोजगार उत्पादनमा जोड दिएको भन्दै युवापुस्तालाई देश र माटोप्रतिको मोह बढाउन आग्रह गरे ।

उनले आफ्ना छोराछोरीलाई विदेश पठाउन बल नगर्न अभिभावकलाई आग्रह गरे ।

उनले विदेशमा पढेर मात्रै देशको विकास नहुने भन्दै स्वदेशमै शिक्षा आर्जन गर्ने र ऊर्जावान् समय देशमै बिताउन युवाहरूलाई आग्रह गरे ।

बागलुङको बलेवमा रहेको प्रसिद्ध कालभैरव मन्दिरमा मङ्गलबार ऐतिहासिक हरेलो मेलाको उद्घाटन गर्दै पाण्डले देशमा सबैखाले विकासले गति लिएको बताए ।

उत्पादन वृद्धि, रोजगारीका अवसर सिर्जना हुँदै जाँदा युवा पुस्ता नरहने अवस्था सिर्जना हुन थालेको भन्दै उनले सबै राजनीतिक शक्तिले सोच्ने बेला आएको बताए ।

देशमा भएका राजनीतिक परिवर्तनले विकासमा ठूलो टेवा पुर्याएको भन्दै पाण्डेले केही नभएको भन्ने हल्लाका पछि नलाग्न अग्रह गरे ।

शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा २० वर्ष पहिले र अहिलेको अवस्थामा आमूल परिवर्तन आएको उदाहरण दिँदै पाण्डेले लोकतन्त्रको सदुपायेग गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकास, आर्थिक क्षेत्रको प्रवर्द्धनको आधार भएको बताए । बागलुङको विकासका लागि पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न उनले आग्रह गरे ।

प्रसिद्ध बलेवा क्षेत्र र धार्मिक पर्यटकीय क्षेत्र कालभैरव मन्दिरमा पूर्वाधार विकास र सडक सञ्जालको सहज पहुँचका लागि प्रदेश सरकारले पहल गर्ने उनले बताए ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?