Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

तनहुँ अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी


५ भदौ, तनहुँ । आर्थिक वर्ष २०७९/८० मा जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्धविच्छेदका बढी रहेका छन् । अदालतमा कूल दुई हजार नौ सय २४ मुद्दा दर्ता भएकामा नौ सय २७ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् ।

त्यसमध्ये सात सय ५९ फछ्र्यौट भई एक सय ६८ सम्बन्धविच्छेदका मुद्दा फछ्र्यौटको चरणमा रहेको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए । त्यसैगरी कूल दर्ता भएका मुद्दामध्ये एक हजार आठ सय २३ फछ्र्यौट भई एक हजार एक सय एक मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ ।

अन्य मुद्दाको तुलनामा सम्बन्धविच्छेदका मुद्दा बढिरहेका छन् । त्यसअनुरुप कूल मुद्दाको ३१ दशमलव सात प्रतिशत मुद्दा सम्बन्धविच्छेदका रहेका छन् । वैदेशिक रोजगारीमा गएका व्यक्तिका पत्नी, सानै उमेरमा प्रेम विवाह गरेका र उमेर परिपक्व भएपछि आपसी कुराकानी नमिल्दा सम्बन्धविच्छेद हुने गरेको उनले बताए ।

त्यसैगरी अन्तरजातीय विवाहपश्चात् घरपरिवारले नस्वीकार्दा, अपेक्षाअनुरुप महिलाको माग पूर्ति नहुँदा, समयमा मायाप्रेम नपाउँदा आत्मसम्मानबाट अपहेलित हुँदा लगायतका घटनाबाट पनि महिलाले सम्बन्धविच्छेद गर्ने गरेको पाइएको छ । अदालतमा मुद्दा ल्याएर दण्ड दिइनु मात्रै विकल्प नभएकाले मनोसामाजिक परामर्श दिन आवश्यक देखिएको जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले बताए ।

“मानिसमा अझै पनि सचेतना जगाउन आवश्यक छ”, उनले भने, “यस्ता कार्यलाई न्यूनीकरण गर्दै कानुनी कारबाहीमा कमी ल्याउन सक्नुपर्छ ।” त्यसैगरी अंशबन्डाका पाँच सय नौ मुद्दामा दुई सय ५९ फछ्र्यौट भई दुई सय ५० बाँकी रहेका छन् । विवाहसम्बन्धी ३० मध्ये १५ फछ्र्यौट भएका छन् भने १५ बाँकी रहेका छन् । लिखत बदरका एक सय ७६ मा ७० फछ्र्यौट भई एक सय छ प्रक्रियामा रहेका छन् । त्यसैगरी लेनदेनका एक सय २७ मध्ये ८२ फछ्र्यौट भई ४५ प्रक्रियामा रहेका छन् ।

जग्गासम्बन्धी २४ मध्ये १३ फछ्र्यौट भएका छन् भने ११ फछ्र्यौट हुन बाँकी रहेको सो कार्यालयले जनाएको छ । बहुविवाहका २३ मध्ये १२ फछ्र्यौट भई ११ मुद्दा प्रक्रियामा रहेका छन् । त्यसैगरी जबर्जस्ती करणीका ७२, कर्तव्य ज्यानका ३४, ज्यान मार्ने उद्योगका २३, आत्महत्या दुरुत्साहनका आठ, हाडनाताका आठ मुद्दा दर्ता भएको स्रेस्तेदार पौडेलले बताए ।

त्यसैगरी जबर्जस्ती करणी उद्योगका छ, बालयौन दुरुपयोगका चार, गर्भपतनका तीन, छुवाछूतका दुई र बालविवाहका एक लगायतका मुद्दा दर्ता भएकामा करिब ५० प्रतिशत मुद्दा फछ्र्यौट भइसकेका छन् ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?