Trending
>>   वातावरण संरक्षणका लागि लायन्स ३२५ एम को वृहत् फलफूलजन्य वृक्षारोपण कार्यक्रम >>   मौसम : यी प्रदेशमा आज मेघगर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना >>   आजको राशिफल : २०८२ साल साउन ०५ गते सोमबार >>   चालु आर्थिक वर्ष १ सय २० वटा कानून निर्माण गर्ने सरकारको लक्ष्य >>   एन्फा युथ लिगमा शिर्षमा उक्लियो संकटा, मनाङको पहिलो हार >>   शेखर कोईरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना छैनः सांसद बजगाईं >>   आफूनिकट संघ र प्रदेशका मन्त्रीलाई फिर्ता बोलाउने पक्षमा शेखर पक्ष, अर्को बैठकबाट निष्कर्ष निकालिने >>   मानव अधिकार कार्यान्वयनका लागि राष्ट्रिय कार्ययोजना बनाउन सरकारलाई निर्देशन >>   ओली—भण्डारीबीचको छलफलबाट सुखद् समाचार सुन्न पाउँछौँः कर्ण थापा >>   दुई वर्ष पहिल्यै भण्डारीको पार्टी सदस्यता नविकरण : एमाले उपाध्यक्ष पाण्डेको दाबी
Logo
५ श्रावण २०८२, सोमबार
५ श्रावण २०८२, सोमबार

बेवारिसे अवस्थामा नवजात शिशु फेला


५ ,भाद्र ,बाजुरा । जिल्लाको त्रिवेणी नगरपालिका–४ तोलीको ढोगदेना गाउँ पछाडि हिजो नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सोही नगरपालिका–४ तोलीका स्थानीयवासीले बेवारिसे अवस्थामा नवजात शिशु झाडीमा फालेको देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

प्रहरी चौकी मौरेबाट खटिएको प्रहरी टोलीले झाडीमा जिउँदै नवजात शिशु बेवारिसे अवस्थामा फेला पारेको हो ।

नवजात शिशुको टाउकोमा चोट लागेकाले उपचारका लागि स्थानीय महिलाको जिम्मा लगाएर अछामको बयालपाटा अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दानसिं भण्डारीले जानकारी दिए ।

झाडीमा नवजात शिशु जिउँदै रहेको प्रहरी निरीक्षक भण्डारीको भनाइ छ ।

नवजात शिशु बालक रहेको बताए । नवजात शिशु कसले फालेको हो, भन्ने बारेमा जानकारी प्रहरीले लिइरहेको छ ।

नवजात शिशुलाई झाडीमा फाल्ने महिलाको खोजी कार्य भइरहेको छ ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?