Trending
>>   सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै >>   घोषित लक्ष्य हासिल हुनेगरी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन >>   युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छः सभापति देउवा >>   इ प्लानेट नेसनल हाईस्कुल टी टेन क्रिकेट हुँदै >>   तोरणविक्रम शाही सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि शिर्ष स्थानमा >>   भारतलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन >>   सवारी दुर्घटनामा एकको मृत्यु >>   महिलाहरुलाई राज्यका प्रणालीहरुमा मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती >>   समानता र समावेशी नीति अपनाएर धनी र गरीबबीचको खाडल मेट्नुपर्छः प्रधानमन्त्री ओली >>   फोटो पत्रकार समूह नेपालले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो
Logo
१३ मंसिर २०८१, बिहीबार
१३ मंसिर २०८१, बिहीबार

बैठक बोलाएर काठमाडाैँ हिडिन् उपसभामुख, कोशी प्रदेशसभा बैठक अनिश्चित


४ भदाै, विराटनगर । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठक सञ्चालन गर्न असमर्थ रहेको बताएकी छन् । अचानक बिरामी परेको भन्दै भदौ ४ गते र त्यसभन्दा पछाडिको बैठक सञ्चालन गर्न नसक्ने जानकारी उनले प्रदेशसभा सचिवालयलाई दिएकी हुन् ।

सोमबार बिहान ८ बजे प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएकी उपसभामुख बैठकमा उपस्थित नभई काठमाडाैँ तर्फ गएकी छन् । उनले स्वकीय सचिव मार्फत प्रदेशसभा सचिवालयमा पत्र पठाउँदै बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकी हुन् ।

सोमबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका थिए । थापाले भदौ ३ गते आइतबार विश्वासको मत लिने चाहेको भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिनुभएकोमा उपसभामुख दनुवारले ४ गते दिउँसो १ बजेको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल गर्न समय निर्धारण गरेका थिए । तर, बैठक अगाडि नै उनि बिरामी परेको भन्दै अनुपस्थित रहेपछि प्रदेशसभाको बैठक सँगै विश्वासको मत लिने मुख्यमन्त्रीको तयारीसमेत अनिश्चित बनेको छ ।

तर, उपसभामुख दनुवारले प्रदेशसभा सचिवालयमा बिहान ९ बजे पत्र पठाएर आफ्नो अनुपस्थितिमा प्रदेशसभा नियमावलीको नियम ११ को उपनियम २ बमोजिमको अधिकार प्रयोग गर्ने गरी अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई बैठकको अध्यक्षता गर्न जिम्मेवारी दिएको जानकारी गराए । सदस्य मन्सुरी नेपाली काङ्ग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभा नियमावलीको नियम ११ (१) बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न चार जना सदस्य मनोनीत भइसकेको र पहिलो वर्णानुक्रममा रहेका सदस्य अम्बरबहादुर विष्ट र मालतीकुमारी लिम्बुले बैठकमा अनुपस्थित रहने सूचना दिइसकेको अवस्थामा दोश्रो क्रमसङ्ख्या र दोस्रो वर्णानुक्रममा रहेका मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएको उपसभामुखको पत्रमा उल्लेख छ ।

कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ४७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । कुल ९३ सदस्यमध्ये सत्ता गठबन्धनसँग ४७ सदस्य भए पनि उपसभामुखले प्रदेशसभाको अध्यक्षता नगरी गठबन्धन सदस्य इस्राइल मन्सुरीलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी तोकिदिएका कारण मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था टरेको हो ।

उपसभामुख दनुवारले प्रदेशसभाको बैठक सञ्चालन नगरी काठमाडौँ तर्फ लागेपछि सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी रणनीति बनाउन बैठक बसिरहेका छन् ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?