Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

पहिरोले सुवा गाउँका १० परिवार विस्थापित


४ ,भाद्र ,बेनी (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँमा पहिरोले १० घरपरिवार विस्थापित भएका छन् ।

गत साउन ३२ गते रातिको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् ।

पहिरोले सुवा गाउँमा एक घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय सतविर पाइजाको घरमाथिबाट आएको पहिरोले घरमा पूर्णरुपमा क्षति पु¥याएको अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले जानकारी दिए ।

उनका अनुसार, पहिरोले आठ पहिरोको उच्च जोखिममा छन् भने थप १० घरधुरीसमेत पहिरोको जोखिममा रहेका छन् ।

दानाको सुवासँगै पुलिबाङ, फगाम, कमेरेडाँडा, तितरलगायतका ठाउँमा समेत पहिरोको जोखिम बढेको छ ।

सुवा गाउँको शिर र पुछारबाट पहिरो गएपछि गाउँ अन्य ठाउँबाट सम्पर्कबिच्छेद भएको थियो भने सुरक्षित ठाउँमा समेत जान नसक्ने अवस्था आएको थियो ।

पहिरोको चपेटामा परेका स्थानीयवासीलाई सुरक्षित स्थानमा बसोबासका लागि आवतजावन गर्न आइतबार दानाका स्थानीयले पहिरो पन्छाएर अस्थायी बाटो बनाएका छन् ।

पहिरोले उच्च जोखिममा रहेका १० घरपरिवारलाई गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा दानामा लगेर सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

आइतबार सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म गलेश्वरबाट खटिएका प्रहरी टोलीले जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको टेन्ट र त्रिपाल टाँगेर पहिरो पीडितको लागि बसोबासको पूर्वाधार निर्माण गरेका छन् ।

पहिरोको उच्च जोखिममा रहेका १० घरपरिवारका ४० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले जानकारी दिए ।

उनका अनुसार, सुवालगायत दानाका विभिन्न ठाउँमा पहिरोको जोखिममा परेका स्थानीयवासीलाई गाउँपालिकाले त्रिपाल, टेन्ट, खानेपानीको पाइपलगायतका अत्यावश्यक सामग्रीसमेत वितरण गरेको छ ।

पहिरोको चपेटामा परेको सुवा गाउँको पहिरोको जोखिमको अवस्थाबारे आइतबार गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, गाउँपालिकाका उपाध्यक्ष पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडाध्यक्ष रमेश पुर्जा, सामाजिक विकास समितिका संयोजक ओमप्रसाद फगामी लगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् ।

गाउँको पुछार र शिरानबाट नै पहिरो गएकाले तत्काल रोकथाम गर्न सम्भव नदेखिएकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा राखेर खाना र बसोबासको प्रवन्ध मिलाउने काममा गाउँपालिकाले ध्यान दिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।

अहिले सुवामा सुकेबगर र द्ववारीखोलाबाट गाउँ जोड्ने पदमार्ग अधिकांश पहिरोले बगाएको छ । पहिरोले गाउँको सम्पर्कबिच्छेद गराएको र धेरै घर जोखिममा रहेको देखिएको स्थलगत निरीक्षणमा पुग्नुभएका प्रदेशसभा सदस्य भण्डारीले बताए ।

उनले पहिरोबाट घरबारविहीन भएकाको स्थायी पुनःस्थापना र तत्कालको लागि सहज बसोबासको आवश्यक प्रबन्ध मिलाउने काममा प्रदेश सरकारमा समेत आवश्यक पहल गर्ने जानकारी दिए ।


प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?