Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

धान आयात रोक्न जग्गा बाँझो राख्न हुन्न : मन्त्री भुसाल


३ ,भाद्र ,काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले धान आयात रोक्न जमिन बाँझो राख्न नहुने बताएका छन् ।

देशभर खेतीयोग्य जमिनमध्ये करिब १० लाख ३० हजार हेक्टर बाँझो रहेको उल्लेख गर्दै उनले ती जमिनको उपयोग गर्नुपर्ने बताए ।

समाजवादी सहकारी सङ्गठन नेपालको बागमती प्रदेशस्तरीय भेलामा मन्त्री भुसालले धान आयात रोक्न बाँझो जमिनमा खेती गर्नुपर्नेमा जोड दिँदै त्यस कार्यका लागि बजेटमा पनि उपयुक्त व्यवस्था गरिएको बताए ।

सिँचाइ नपुगेका स्थानमा समेत सिँचाइको व्यवस्था गरेर बाँझो जमिनलाई खेतीयोग्य बनाइने विश्वास दिलाउँदै उनले सामूहिक खेतीको अवधारणा पनि अघि बढाउन आवश्यक रहेको बताए ।

किसानलाई मल बिक्री गर्ने क्रममा केही सहकारीले बदमासी गरेको उनको भनाइ थियो ।

यसैबीच नेकपा (एकीकृत समाजवादी)को भातृ सङ्गठन समाजवादी सहकारी स¬ङ्गठनको बागमती प्रदेश कमिटीको अध्यक्षमा केशवप्रसाद दङ्गाल निर्वाचित भएका छन् ।

बागमती प्रदेशका १३ जिल्लाका सहकारी सञ्चालकको भेलाले दङ्गालको अध्यक्षमा ३५ सदस्य कमिटी गठन गरेको हो ।

सो कमिटीको उपाध्यक्षमा निरु खरेल, सचिवमा वसन्त माली, कोषाध्यक्षमा नरबहादुर श्रेष्ठ र सहसचिवमा रेशमलाल श्रेष्ठ चयन भएका छन् ।


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?