Trending
>>   एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानविन होस् >>   निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप >>   जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना >>   मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ >>   जेन–जी प्रतिनिधिको प्रधानमन्त्रीलाई कटाक्षः माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु >>   सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः लेनिन बिष्ट >>   ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’ >>   एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित >>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

आज मिति २०८० साल भदाै ३ गते आइतबार, हेर्नुहोस आजको राशिफल


 

आज मिति २०८० साल भदाै ३ गते आइतबार ( Aug 20, 2023 ) चतुर्थी, श्रावण शुक्लपक्ष

नेपाल सम्बत -११४३
सुर्योदय बिहान – ०५:३७ बजे
सुर्यास्त साझ – १८:३६ बजे

नक्षत्र : हस्त ०२:२१ बजेसम्म, त्यसपछी चित्रा
योग : साध्य २१:२२ बजेसम्म, त्यसपछी शुभ

करण : वणिज ०८:२४ बजेसम्म, त्यसपछी भद्रा २१:०१ बजेसम्म, त्यसपछी वव

मेष – व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मेहम्मे पर्नेछ । आफ्ना कमजोरीहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला ।

बृष – व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पूरा हुने हुनाले मन चङगा हुनेछ । भूमि बाहन तथा पैत्रिक सम्पतीको उपयोग गरी थप फइदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलब्धिमूलक कामहरु गर्न सकिनेछ ।

मिथुन – नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारीका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ ।

कर्कट – सरकारी तथा दैनिक काम गर्दा ध्यान दिनुहोला । अप्रिय निर्णयको सिकार होइएला । लामो दूरीको धार्मिक यात्रा भए पनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्दा मन खिन्न हुनेछ । पढाइलेखाइमा दिएको समय कम हुनेछ ।

सिंह – नसोचेका ठाउँमा रुपैयाँपैसा खर्च हुने सम्भावना रहेको हुनाले आर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । मायाप्रेममा एकअर्कालाई अविश्वास गर्नाले मनमुटावको अवस्था सिर्जना नहोला भन्न सकिन्न । व्यापार व्यावसायमा नाफा कमाउन दिनभर जसो समय दिनुपर्नेछ भने बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लागनी भने फस्टाएर जानेछ ।

कन्या – दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा समृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दूरीको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पढाइलेखाइमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ ।

तुला – काममा अनयासै हस्तक्षेप गर्नेहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ । अदालती निर्णयहरु तपाईंकै पक्षमा आउनेछन् भने विवादित विषयहरु आफ्नै पक्षमा फैसला गराउन सकिनेछ । अध्ययनमा प्रगति भई भनेजस्तो नतिजा हात लगाउन सकिनेछ ।

बृश्चिक – पढाइ लेखाइमा मिहिनेत गरे अनुसार नतिजा नआउने हुनाले मन चिन्तित हुनेछ । व्यापार व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनुपर्नेछ । मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा सावधानी अपनाउनु होला नराम्रो घट्ना हुनसक्छ ।

धनु – पहिलेका कमीकमजोरीलाई सुधार्ने अवसर आउनेछ । ठूला तथा विशिष्ट योजनाहरु कार्यान्वयन गर्नको लागी केहि समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको छ । पढ्ने लेख्ने कामका खासै मन नजादा अरुभन्दा पछि परिनेछ ।

मकर – न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । विद्यामा तपाईंको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिस्पर्धीहरुलार्ई हराउन सकिनेछ । मायाप्रेममा नजिकिने समय रहेको छ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।

कुम्भ – विभिन्न अवसर आए पनि समयको गतिसँग अगाडि बढ्न नसक्दा पछि परिनेछ । आफन्त तथा कुटुम्बसँग मनमुटाव हुने योग रहेकोछ । सभा समारोहमा तयारीबिना नै दिइने प्रस्तुतिले कुनै अर्थ नराख्न सक्छ ध्यान दिनुहोला । पढाइलेखाइमा कमजोर भएको महसुस हुनेछ भने नतिजा अरुतिर नै जानेछ ।

मीन – राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने हुँदा नाम कमाउन तथा पद प्राप्तिको योग रहेको छ । विभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्य आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ ।


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?