Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत सुरु


२ ,भाद्र ,गोरखा । त्रिशूली नदीमा आइतबार राति आएको भीषण बाढीले क्षति पुर्‍याइएको झोलुङ्गे पुल मर्मत सुरु भएको छ ।

गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल मर्मत सुरु भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

बाढीले पुलमा क्षति पुर्‍याएपछि आवतजावत बन्द भएको छ । गाउँपालिकाले तत्काल पहल गरी स्थानीय पूर्वाधार विभागबाट प्राविधिकको टोली झिकाएर पुल मर्मत सुरु गरिएको उनले बताए ।

त्यस्तै त्रिशूली नदीकै बाढीले क्षति पुर्‍याएको गण्डकी गाउँपालिका–७ ध्याल्चोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ जोड्ने धवादीघाट माथिको झोलुङ्गे पुल मर्मत भने आजदेखि मात्र सुरु हुने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

“धवादीघाटमाथिको क्षतिग्रस्त मर्मत सुरु गर्नका लागि शुक्रबार अवलोकन गरिसकिएको छ”, उनले भने, “त्रिशूली नदीमा पानीको बहाव अझै पनि अत्यधिक माथि रहेकाले विस्तृत मर्मत शुक्रबारदेखि सुरु गर्न कठिन भएपछि शनिबारदेखि मर्मत सुरु गर्न लागिएको हो ।”

बाढीले हिर्काएर हिक्लुङघाटमाथिको झोलुङ्गे पुलको ट्रस नै भत्काएको थियो भने धवादीघाट माथिको झोलुङ्गे पुलको लठ्ठा बाढीले छिनाएर क्षति पुर्याएको थियो ।

बाढीले पुलमा क्षति पुर्याएपछि गण्डकी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिका बासिन्दालाई आउजाउ गर्न समस्या हुँदै आएको छ ।

झोलुङ्गे पुल भत्किएपछि विद्यार्थीलाई विद्यालय आउन जानसमेत पाएका छैनन् ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?