Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन


३२ ,श्रावण ,सिमकोट (हुम्ला) । हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ ।

नाम्खा गाउँपालिका कार्यापालिकाको निर्णयअनुसार सामक्याप तामाङको संयोजकत्वमा नौ सदस्यी पाठ्यक्रम लेखन तथा निर्माण समिति गठन गरिएको हो ।

नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाकोे उपस्थितिमा शिक्षा समितिको केही दिनअघि बसेको बैठकले स्थानीय भाषा र तिब्बतीयन भाषाका लागि समिति गठन गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख मनराज बुढाले जानकारी दिए ।

गाउँपालिकाको आर्थिक सहयोगमा लिमी सम्भोटा र हुम्ली भोट लामा भाषामा पाठ्यक्रम लेखन तथा निर्माणको काम अगाडि बढाउने निर्णय गरिएको हो ।

कक्षा १ देखि ८ सम्मको स्थानीय भाषाको पाठ्यक्रम तयार गरिने समितिको सदस्यमा पाल्जोर तामाङ र कन्जोक लामा तथा मनराज बुढा सदस्य सचिव रहेका छन् ।

स्थानीय भाषा ऐच्छिक विषयका रुपमा रहने छ । शिक्षा शाखा प्रमुख बुढाले आगामी शैक्षिक सत्र २०८१/८२ देखि गाउँपालिभित्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा उक्त स्थानीय पाठ्यक्रम लागू गर्ने गरिने बताए ।

स्थानीय भाषा लेखनमा पोख्त कन्जोक लामाले पेसा–व्यवसाय, धर्म, कला, संस्कृति, भौगोलिक अवस्थिति, वास्तुकला, मूर्तिकला, पर्यटनजस्ता विषयलाई समावेश गरिने बताए ।

नाम्खा गाउँपालिकाका सामुदायिक, संस्थागत र धार्मिक गरी १७ विद्यालयमा लामा भोट भाषाको पठनपाठन गराउने तयारी छ ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?