Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

भीमफेदी–कुलेखानी हुँदै चित्लाङ–थानकोटतर्फको सडक मर्मत


मकवानपुरको भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडकखण्ड मर्मत गर्न आजदेखि दुई महिनाका त्यहाँबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडाबाट भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने हल्का सवारी साधानलाई आज बिहानैदेखि मकवानपुरको चित्लाङ हुँदै थानकोटको बाटोबाट सवारीसाधन सञ्चालन गराइएको छ ।

उक्त कार्यालयका प्रहरी उपरीक्षक वामदेव गौतमले राससलाई बताउनुभएअनुसार काठमाडौँको बल्खुबाट हेटौँडातर्फ आउने हल्का सवारीसाधन (सुमो, जीप, कार, मोटरसाइकल र मिनी बस)लाई ललितपुरको भट्टेडाँडाबाट मकवानपुरको ठिङ्गन हुँदै कान्तिलोकपथबाट दुई महिनाका लागि यातायात सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल एवं मन्त्रीहरु र सरोकारसँग सम्बन्धित निकाय, यातायात व्यवसायी, स्थानीय प्रशासन र प्रहरीसहितको संयुक्तरुपमा बसेको बैठकले भीमफेदी कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सडक मर्मत गर्ने निर्णय गरेकाले दुई महिनाका लागि यातायात सञ्चालनमा रोक लगाई कार्यान्वयन गर्न आजैदेखि कुलेखानी, थानकोट र भट्टेडाँडा कान्तिलोकपथमा अस्थायीरुपमा हल्का सवारीसाधन सञ्चालन गराइएकोे सहायक प्रजिअ नेत्रप्रसाद शर्माले बताउनुभयो ।

बागमती प्रदेशको राजधानी हेटौँडाबाट काठमाडौँतर्फ र काठमाडौँबाट हेटौँडातर्फ करिब दुई हजारभन्दा बढी हल्का सवारीसाधन दैनिक सञ्चालनमा रहेको नारायणी यातायात व्यवसायी सङ्घका महासचिव सरोजकुमार खनालले जानकारी दिनुभयो ।


प्रकाशित मिति: १ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?