Trending
>>   आज मिति २०८२ साल भदौ ०५ गते बिहिबार,हेर्नूहोस् आजको राशिफल >>   धर्म,संस्कार र तीज:हराउदै गएको मौलिकता >>   इन्दिरा रानालाई देखाएर सत्ता गठबन्धन संवैधानिक निकाय कब्जा गर्ने डिजाइनमा छः अध्यक्ष दाहाल >>   मैले देशको राजनीति छोड्दा सबै गर्ल्यागुर्लुम ढल्ने हो की जस्तो लाग्छः अध्यक्ष दाहाल >>   शंकर पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड देउवाले व्यहोर्नुपर्ने हो ? >>   रास्वपा विचार र लक्ष्य नभएको पार्टी : वर्षमान पुन >>   जनता भन्दा ठूलो कोही छैन, जनताको सेवा गरौँः सभापति देउवा >>   पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छः अर्थसमिति सभापति चालिसे >>   एकतालाई मूल मन्त्र बनाएर अघि बढौँ, काँग्रेसलाई कसैले कमजोर पार्न सक्दैनः रमेश लेखक >>   काँग्रेसभित्र ठूलो आत्मविश्वास र शुद्धता चाहिएको छः गगन थापा
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

कक्षा १२ को नतिजा : अङ्ग्रेजीमा विद्यार्थी बढी कमजोर


३१ ,श्रावण ,भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार अङ्ग्रेजी विषयमा विद्यार्थी सबैभन्दा कमजोर रहेको देखिएको छ ।

सार्वजनिक भएको नतिजाअनुसार अङ्ग्रेजी विषयमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको छ ।

सबैभन्दा धेरै अङ्ग्रेजीमा एक लाख नौ हजार पाँच सय २७ जना ननग्रेड भएका छन् ।

दोस्रोमा लेखा विषयमा ५२ हजार ७३ तथा सामाजिक अध्ययनमा ५१ हजार एक सय चार जनाको ननग्रेड आएको छ ।

सबै विषयमा ३५ प्रतिशत अङ्क ल्याएमात्र ग्रेडेड वा उत्तीर्ण हुने व्यवस्था छ ।

यस्तै बोर्डले नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय रु पाँच सय तिरेर पुनर्योग गराउन सक्ने व्यवस्था गरेको अध्यक्ष शर्माले बताए ।

त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन सक्ने पनि व्यवस्था गरिएको छ ।

विद्यार्थीले उत्तरपुस्तिका पुनः परीक्षण गराउँदा पहिले परीक्षण गरेकाभन्दा नयाँ तीनजना परीक्षकबाट जाँच गराउने व्यवस्था गरेको छ ।

तीन जनाले दिएको नम्बरको औसत निकाल्दा आएको प्राप्ताङ्क पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अङ्क कायम हुनेछ तर १० प्रतिशतभन्दा कम वा बढी भएमा नयाँ अङ्क कायम हुने व्यवस्था गरेको छ ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?