Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा


२९ ,श्रावण ,ढोरपाटन । तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ ।

बिहीबार राति बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो जाँदा कोरिडोर अवरुद्ध भएको थियो ।

शुक्रबार र शनिबार खुलाउने प्रयास गरिए पनि भारी वर्षाका कारण सञ्चालन हुन सकेको थिएन ।

आइतबार बिहानैदेखि बागलुङ नगरपालिकाको मेशिन प्रयोग गरी कोरिडोर खुलाइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।

कोरिडोरसँगै बागलुङ–कुश्मिसेरा सडक पनि तीन दिनदेखि नै अवरुद्ध भएको थियो । पहिराले सडक क्षतविक्षत बनाएकाले बागलुङ जिल्ला सदरमुकामसँगको सम्पर्क टुटेको थियो ।

सडक अवरुद्ध भएसँगै बलेवा, कुश्मिसेरा र बरेङ क्षेत्रका हजारौँ नागरिक प्रभावित भएको उनि बताउछन् ।

उपप्रमुख खड्काले भने, “पहिरो हटाएर अहिले यातायात सञ्चालनमा आएको छ, यहाँको भू–भाग निकै कमजोर भएको हुँदा पानी पर्ने बित्तिकै फेरि अवरुद्ध हुन्छ, बर्खा लागेपछि दर्जनौँ पटक सडक अवरुद्ध भयो, नगरपालिकाले खुलायो, यो सडक राष्ट्रिय आयोजना हो, आयोजनाले काम गर्दैन, हामीसँग ‘समन्वय’ नै हुँदैन, सडक दिनदिनै अवरुद्ध हुन्छ, कसले खुलाउने हामीले नखुलाए, नागरिक मर्कामा पर्छन् ।”

यसको दीर्घकालीन समाधान गर्न नसकिए समस्या दोहोरी रहने खड्काको भनाइ छ । तीन दिनदेखि सडक अवरुद्ध हुँदा कोरिडोरमा यातायातका साधनहरु ठप्प भएका थिए । सडक खुलेपछि आफ्नो गन्तव्यतर्फ लागेका छन् ।


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?