Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा


२९ ,श्रावण ,ढोरपाटन । तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ ।

बिहीबार राति बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो जाँदा कोरिडोर अवरुद्ध भएको थियो ।

शुक्रबार र शनिबार खुलाउने प्रयास गरिए पनि भारी वर्षाका कारण सञ्चालन हुन सकेको थिएन ।

आइतबार बिहानैदेखि बागलुङ नगरपालिकाको मेशिन प्रयोग गरी कोरिडोर खुलाइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।

कोरिडोरसँगै बागलुङ–कुश्मिसेरा सडक पनि तीन दिनदेखि नै अवरुद्ध भएको थियो । पहिराले सडक क्षतविक्षत बनाएकाले बागलुङ जिल्ला सदरमुकामसँगको सम्पर्क टुटेको थियो ।

सडक अवरुद्ध भएसँगै बलेवा, कुश्मिसेरा र बरेङ क्षेत्रका हजारौँ नागरिक प्रभावित भएको उनि बताउछन् ।

उपप्रमुख खड्काले भने, “पहिरो हटाएर अहिले यातायात सञ्चालनमा आएको छ, यहाँको भू–भाग निकै कमजोर भएको हुँदा पानी पर्ने बित्तिकै फेरि अवरुद्ध हुन्छ, बर्खा लागेपछि दर्जनौँ पटक सडक अवरुद्ध भयो, नगरपालिकाले खुलायो, यो सडक राष्ट्रिय आयोजना हो, आयोजनाले काम गर्दैन, हामीसँग ‘समन्वय’ नै हुँदैन, सडक दिनदिनै अवरुद्ध हुन्छ, कसले खुलाउने हामीले नखुलाए, नागरिक मर्कामा पर्छन् ।”

यसको दीर्घकालीन समाधान गर्न नसकिए समस्या दोहोरी रहने खड्काको भनाइ छ । तीन दिनदेखि सडक अवरुद्ध हुँदा कोरिडोरमा यातायातका साधनहरु ठप्प भएका थिए । सडक खुलेपछि आफ्नो गन्तव्यतर्फ लागेका छन् ।


प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?